माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको छानबिन निष्कर्षमा नपुगुन्जेल अर्को समिति आवश्यक नभएको बताएका छन्।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले खेतबारीबाटै अन्न तथा तरकारी बजारसम्म पुर्याएर किसानलाई बजारीकरणमा सहयोग गरिरहेको छ। यसबाट उत्पादन नबिकेर खेर फाल्नुपर्ने किसानको बाध्यता अन्त्य हुँदैछ।
एमाले सांसद योगेश भट्टराईले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो टेबुल अगाडिको सुन प्रकरणको फाइल नदेख्दा शंका लागेको बताएका छन्।
मंलबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ।
पहिरो पन्छ्याएर नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
फुटबल
मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटअन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश गरेको छ। मछिन्द्र क्लबले भुटानको पारो एफसीलाई ३–२ गोलअन्तरले हराउँदै मछिन्द्रले पहिलो पटक दोस्रो चरणको यात्रा तय गर्यो।मछिन्द्रका लागि विमल घर्ती मगर, आयुष घलान र अोलावाले आफिजले १/१ गोल गरे।
डुबान
अविरल वर्षाका कारण काठमाडौँ धुमबाराहीस्थित तरकारी बजार जलमग्न भएको छ। काठमाडौँमा मंगलबार रातिदेखि भारी वर्षा भएको हो।
रोल्पाबाट दाङको घोराहीतर्फ जाँदै गरेको बस त्रिवेणी गाउँपालिकामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ।
साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
गौर हत्याकाण्ड पीडित संघर्ष सहमतिले सरकारसँग पाँचबुँदै सहमति गरेसँगै आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ।
एमाले मंगलबारको संसद् बैठकमा आकस्मिक, शून्य र विशेष समय चलाउन दिन तयार भएको सचेतक महेश बर्तौलाले बताए।
वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति प्रहरी सचेत हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।
१०० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ।
सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप भारतले पाकिस्तानमाथि लगाउँदै आएको छ। यही अवस्थामा वार्तालाई निरन्तरता दिन नसकिने उसको भनाइ छ।
सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन र यात्रुहरू गन्तव्यतर्फ लागेका छन्। दुईतर्फी सञ्चालनका लागि सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।
काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ। कतिपय स्थानमा नदीको पानी नै बस्तीमा पसेको छ।
लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौँ, पोखरा, चितवन, बागलुङलगायत ठाउँमा जाने गाडी रोकिएका छन्।
मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा गएको पहिरोले एकै परिवारका ६ जनालाई बगाएको छ। त्यसमध्ये एक जनाको मृत्यु भएको छ।
अनामनगर क्षेत्रमा धोबीखोलाले जल सतह पार गरेपछि डुबान र बाढीको जोखिम भएको छ।
वर्षाका कारण विष्णुमती, धोबिखोला, मनोहरा, हनुमन्तेलगायत खोलामा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।