AnonymousUser

Logout

उपसभामुखको गुनासो– जनजाति भएकाले नै मलाई बोल्न दिइएन

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी छन्। 

संखुवासभा कारागारमा झडप, २ कैदीबन्दीको मृत्यु

कारागारमा झडप हुँदा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभा मादी घरका विनोद तोलांगीको मृत्यु भएको डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

आँखा पाक्ने रोग फैलिएपछि बाँकैमा विद्यालय बन्द

बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायत स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्।

मकवानपुर पहिरो: २ जनाको शव भेटियो, ३ अझै बेपत्ता

प्रहरीका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिलाको शव फेला परेको हो। यससँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

सदन खुलाउने विषयमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यतालिका छ। त्यसअघि कार्यव्यवस्थाको बैठक बस्न लागेको हो।

बाढी–पहिरोले देशभरका ४ राजमार्ग पूर्ण अवरुद्ध, खुलाउने प्रयास जारी

तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ। ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिरो नरोकिएकाले समस्या भइरहेको छ। 

मदन पुरस्कार २०७९ का लागि उत्कृष्ट ५ पुस्तक छनोट

प्राप्त भएका ३१३ पुस्तकबाट पाँच पुस्तक छानिएको गुठीले जनाएको छ। यिनै पाँचमध्ये सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ को मदन पुरस्कार प्रदान गरिनेछ।

महोत्तरीमा बाढीले बगाउँदा युवक बेपत्ता

मरहा खोला तर्ने क्रममा बाढीले बगाएर सोनम गाउँपालिका–३ का जाबिर अन्सारी बेपत्ता भएका छन्।

आदिवासी जनजाति दिवस मनाइँदै, आदिवासी युवाको सशक्तीकरणमा जोड

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले हरेक वर्ष अगस्ट ९ मा अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने निर्णय गरेको थियो। 

कस्तो रहनेछ बुधबारको मौसम?

बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। 

‘जलविद्युतका समस्या समाधान गर्न दलका साझा धारणा र प्रतिबद्धता आवश्यक’

सांसदहरूले जलविद्युतका समस्या समाधान गर्न सबै राजनीतिक पार्टीहरूका बीचमा प्रतिबद्धता जनाउने फोरम आवश्यक रहेको बताएका छन्।

गैरआवासीय नेपालीले ५ अर्बमा किने भैरहवाको पाँचतारे टाइगर प्यालेस

गैरआवासीय नेपालीले पाँच अर्ब रुपैयाँमा भैरहवामा रहेको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन्।

कविता शेरचनले बुवा भूपीमाथि लेखेको संस्मरण कृति सार्वजनिक

कवि भूपी शेरचनबारे छोरी कविता शेरचनले लेखेको संस्मरण कृति सार्वजनिक गरिएको छ।

एएफसी कप : पारोमाथि मछिन्द्रको जित, प्लेअफ प्रवेशका लागि मोहन बगानसँग खेल्ने

भुटानको पारो एफसीलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब एएफसी कपको दोस्रो चरणमा पुगेको छ। मछिन्द्रले अब दोस्रो चरणमा मोहन बगानसँग अगस्ट १६ मा खेल्ने छ।

संघीय शिक्षा विधेयकविरुद्ध आन्दोलनमा निजी विद्यालयका सञ्चालक

शिक्षा विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

पाँच रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

सरकारले पाँच रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ। 

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्म स्थगित

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले नाराबाजीसहित अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरेका छन्।

सुन तस्करी प्रकरणले देशको छविमा असर पुर्‍यायो, हरहालमा दोषीलाई कारबाही गर्छौं : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणले राष्ट्रको प्रतिष्ठा र छविमा नकारात्मक असर पुर्‍याएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने आफ्नो पहिलो कार्यभार रहेको बताएका छन्।

एएफसी कप : पहिलो हाफमा मछिन्द्रलाई दुई गोलको अग्रता

मछिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरणको पहिलो हाफमा भुटानको पारो एफसीविरुद्ध दुई गोलको अग्रता लिएको छ। मछिन्द्रका लागि विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाओलेले गोल गरे।

विश्वप्रकाश शर्माको प्रश्न– संविधानले बलियो बनाएका संस्थाहरूप्रति किन अविश्वास?

कांग्रेस महामन्त्री शर्माले भ्रष्टाचारको मुद्दा,सुशासन ल्याउने कुरामा राजनीतिक दलहरूले सत्तापक्ष र प्रतिपक्षको मनोभावनाभन्दा माथि उठेर काम गर्नुपर्ने बताए।