मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य सवार थिए।
अनुसन्धानका क्रममा काठमाडौँबाट बिहीबार राति दुई जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए।
पर्यटक
बंगलादेशबाट शुक्रबार आएका २५० जना पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजा बजाएर स्वागत गरिएको छ। चार्टर्ड विमानमार्फत उनीहरू नेपाल आएका हुन्। यस्तै, शनिबार पनि ४५० पर्यटन बंगलादेशबाट नेपाल भ्रमणमा आउन लागेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
शुक्रबार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले दिउँसोसम्ममा यातायात सञ्चालन हुनसक्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ।
रानानाको जितमा सावित्रा र आदि गोल्डेनले १–१ गोल गरे। सावित्रालाई रानाराले एक सिजनका लागि अनुबन्ध गरेको छ।
अमेरिकाले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचन सम्पन्न गर्न तथा ‘मानव अधिकार रक्षा’ का लागि भन्दै बंगलादेशलाई दबाब दिइरहेको प्रधानमन्त्री हसिनाको दाबी छ।
गण्डकी र बागमतीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी अगस्ट ३१ मा हुने च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ समारोहमा मनोनयनमा परेकामध्ये एकले उत्कृष्ट खेलाडीको अवार्ड पाउने यूएईएफएले जनाएको छ।
सर्वोच्च अदालतले प्रधानमन्त्री दाहालसहित तत्कालीन माओवादी नेताविरुद्धको रिट निवेदनको पेसी असोज १५ गतेलाई तोकिएको छ।
नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रहरूको सूचीबाट स्तरोन्नति हुने भएकाले त्यसपछिको अवस्थालाई मध्यनजर गरेर रणनीति तय हुनुपर्ने चेम्बरले सुझाव दिएको छ।
प्रदीप गिरिको पहिलो स्मृति दिवसमा ‘लोक एवं लोकतन्त्र सेतु गाथा’ नाम दिएर काठमाडौँदेखि काशीसम्मको चारदिने यात्रा गर्न लागिएको छ।
मेसुके ओलोउमोउले इराकी प्रिमियर लिग खेल्ने भएका छन्।
लम्पी स्किन रोग लागेर पशु मरेपश्चात् किसानलाई ठूलो क्षति भए पनि सरकारले त्यसको सम्पूर्ण क्षतिपूर्ति दिन नसक्ने कृषिमन्त्री डा. वेदुराम भुसालको भनाइ छ।
एएफसी फुटसल एशियन कप छनोट २०२४ मा सहभागिता जनाउनका लागि खुला छनोटमार्फत राष्ट्रिय टोली बनाउन लागेको एन्फाले जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणले पहाडी तथा हिमाली जिल्लामा अतिरिक्त समयमा हुने उडान र अवतरणमा थप कडाइ गर्दै खुला गरेको छ।
बिहीबारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ४३ अर्ब ९१ लाख ७७ हजार ५७९.८ पुगेको छ।
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सत्ता पक्ष र विपक्षको लडाइँका कारण लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने शंका उब्जिएको बताए।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ।
कांग्रेस सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतोबिना विमानस्थलबाट सुन बाहिरिन नसक्ने बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुग्दा बस्दै नबसी स्थगित भएको छ।