सीआईबी प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरि र अपराध अनुसन्धान विभागका टेक बहादुर तामाङलाई भने यथावत राखिएको छ।
रियादस्थित केएसयू फुटबल स्टेडियममा शुक्रबार राति भएको खेलमा अल– तावोउनले अल–नासरलाई २–० पराजित गरेको छ।
पक्राउ परेका सातैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
आणविक हतियारले सम्पन्न रुससँगको डरले अमेरिका र यसका सहयोगीहरूले यसअघि युक्रेनलाई यी जहाज हस्तान्तरण गर्न अस्वीकार गरेका थिए ।
छनोट भएका पुस्तकमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐँठन, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन्।
गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यू–१५ र यू–१७ दुवै उमेर समूहमा नेपालले बेस्टअफ फाइभको प्रतिस्पर्धामा मालदिभ्समाथि ५–० को जित निकाल्यो।
प्राडा. प्रेम खत्रीले सम्पादन गरेको स्मारिकामा स्वदेशी तथा विदेशी विज्ञहरूका लेख समेटिएका छन्।
गोलभेँडाको भाउ बढेसँगै अगाडि बढेको यो सप्ताहले पछिल्लो सुन–प्रकरणमा जफत भएको सुनको तौल अनुमानितभन्दा घटेको खबर आएसँगै रफ्तार लिएको थियो।
न्यायाधीश भट्टराईले प्रचलित देवानी संहितालाई महिला तथा बालमैत्री बनाउन यसको संशोधनको आवश्यकता औँल्याएका हुन्।
समिति सभापति प्रकाश पन्थले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीतिहरू बनाउन र कानूनहरू समसामयिक बनाउनुपर्ने सुझाव दिएको बताए।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध जैविक हतियार प्रयोगको आरोपमा ५६ वर्षीया पास्केल फेरिअरलाई अमेरिकी अदालतले २२ वर्षको जेल सजाय सुनाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सत्ता टिकाउने काममा लागेको बताएका छन्।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
गत आर्थिक वर्ष २०७९/८० मा मात्रै विदेशी विनिमय सञ्चिति ३ खर्ब २३ अर्ब ५६ रुपैयाँले बढेको छ। ११ महिना ७ दिनको वस्तु आयात धान्न पर्याप्त हुने विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकको भनाइ छ।
साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिनुपर्नेछ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएर १८ घण्टाको लोडसेडिङ अन्त्य गरी देशलाई उज्यालोतर्फ अघि बढाएको प्रधानमन्त्रीको दाबी छ।
आफ्नो हवाई सुरक्षाले ड्रोनलाई खसालिदिएको मस्कोका मेयर सेरगी सोब्यानिनले बताएका छन्। ड्रोन शहरको एक्स्पो सेन्टरमा खसेको उनको भनाइ छ।
विभिन्न देशमा रहेका नेपालीबीचको आपसी सद्भाव र नेपाली भाषा तथा संस्कृतिलाई उनीहरूमाझ जीवन्त राख्न सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरेर सहमति जुटाउन सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसँग अनुरोध गरेका छन्।