AnonymousUser

Logout

संसद्को गतिरोध हटाउन पहल गर्ने गठबन्धनको निर्णय

सदनको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्‌मा प्रतिनिधित्व गर्ने दलसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

लिबियामा सशस्त्र समूहबीच झडप, २७ जनाको मृत्यु

सन् २०११ मा कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि संघर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदाबीच सोमबार राति शुरू भएको झडप बुधबारसम्म जारी छ।

‘उत्पादनको बजार खोज्ने र ऋण खोज्ने काम किसानको होइन’ 

‘हामी किसानका खेतबारीबाट मुरीका मुरी आलु उठाइदिन्छौँ। त्यसरी नै धान, कोदो, गहुँ र किबी पनि उठाइदिएका छौँ। खेतमै पैसा पाएपछि किसानहरू उत्प्रेरित भएका छन्।’ 

कोशी प्रदेश: ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त 

ज्येष्ठ सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएको र उनको शपथसमेत भइसकेको कोशी प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए। 

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्रीले घोषणा गर्दै

अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने गरी गत मंसिर २५ गते यससम्बन्धी कार्यविधि स्वीकृत भएको थियो। 

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

यस वर्षको नतिजाअनुसार एक लाख २३ हजार ३९६ विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्। जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार ५८४ जना छन्।

इन्टर मियामी लिग्स कपको फाइनलमा, लगातार छैटौँ खेलमा मेस्सीको गोल

इन्टर मियामीका लागि मेसीसँगै जोसेफ मार्टिनेज, जोर्दी अल्वा र डेविड रुइजले गोल गरे। मियामीले अब उपाधिका लागि मोन्टेरे र नासभिल एससीबीचको विजेतासँग खेल्नेछ। 

भारतको हिमाचलमा बाढी: मृत्यु हुनेको संख्या ६५ पुग्यो, ८५७ सडक बन्द 

बाढी, पहिरो र चट्याङका कारण ठूलो विनाश निम्त्याएको हिमाचल राज्यका मुख्यमन्त्री सुखविन्दर सिंहले बताएका छन्।

नेयमार साउदी क्लब अल–हिलालमा आबद्ध

अल–हिलालका अध्यक्ष फहाद बिन सादले नेयमारलाई क्लबमा स्वागत गर्दै ‘एक विश्वव्यापी आइकन र रोक्न नसक्ने आक्रमणकारी शक्ति’ भनेका छन्। 

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित पारस भन्छन्– मैदान बाहिर खेल्न सहज छैन

काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का मैदानभित्र जस्तो बाहिर खेल्न सहज नहुने बताउँछन्।

पेट्रोल प्रतिलिटर ५ र डिजेल–मट्टितेलको मूल्य १४ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएको छ भने पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ महँगो भएको छ।

दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचारमा दोषी ठहर, एक वर्ष कैद सजायको आदेश

विशेष अदालतले रिजाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद, चार लाख बिगो र सोहीअनुरूप जरिबाना हुने आदेश गरेको छ।

जग्गासम्बन्धी रोकिएका सबै काम खुलाउन गरी भूउपयोग नियमावली पारित

भूउपयोग नियमावली पारित भएसँगै जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको भनाइ छ।

कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान शुरू

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कैदीसँग अनुसन्धान शुरू गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।

सुन तस्करी

यसरी गालिँदैछ ब्रेक शु’भित्रको सुन 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार परिसरबाट बरामद भएको ६० किलो सुन नेपाल राष्ट्र बैंकले गाल्न थालेको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबारदेखि सुन गाल्न थालेको हो। 

चार जिल्लाका सीडीओ हेरफेर

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ।

महराको दाबी– सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिकलाई फलफूल व्यापारी भनेर चिनेको हुँ

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले चिनियाँ नागरिकसँग फोनमा सुन तस्करीका विषयमा कुराकानी नभएको दाबी गरेका छन्।

७४ जिल्लामा फैलियो डेंगी, १३ हजार जना संक्रमित

देशभरि ७४ जिल्लामा डेंगीको संक्रमण फैलिँदा १३ हजार २९२ जना बिरामी परेका छन्।