क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित भेनकोभर सार्वजनिक पुस्तकालयमा लेखक हग क्वीनको ‘मीसेज म्याकोनाघीज मनी’ नामक पुस्तक ८६ वर्षपछि फिर्ता भएको छ।
एमालेको साउन २९ गतेको सचिवालय बैठकले पार्टी तथा मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ।
बुधबार साँझदेखि नै सडक अवरुद्ध भएको छ। वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ। ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान छ।
पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले हिंसामा संलग्नलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।
मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टीक ट्यांकमा परेर जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।
नेवार समुदायले श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म धर्मकर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व मनाउँछन्। यस अवसरमा मनाइने केपु बाजाको पूजा गर्ने परम्परा भने लोप हुँदै गएको छ।
दैलेखस्थित पेट्रोलियम सम्भावित भण्डार क्षेत्रको अन्वेषणका लागि चीन र नेपाल सरकारबीच सम्झौता भई अन्वेषण कार्य भइरहेको छ।
गत सिजन तेहोरो उपाधि जितेको सिटी सुपर कपमा पहिलो सहभागितामा नै च्याम्पियन बन्न सफल भएको हो।
गण्डकी, कोशी, बागमती र कर्णालीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोलकातामा भएको खेलमा घरेलु टोली मोहन बगानसँग पराजित भएपछि मछिन्द्र क्लब एएफसी कपको प्लेअफमा पुग्न असफल भएको छ।
मलेसियामा नेपालले टी–२० विश्वकपको एशिया छनोटअघि चार देश सम्मिलित टी२० आई श्रृंखला खेल्नेछ।
विमानस्थलको सुरक्षा प्रबन्धबारे गम्भीर समीक्षा र अध्ययन गर्नुपर्ने भन्दै छिट्टै विज्ञ र सरोकारवाला निकायका प्रतिनिधि रहेको कार्यदल बनाइने प्रधानमन्त्री दाहालले बताएका छन्।
अस्ट्रेलियामा बुधबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोलीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलोपटक विश्वकपको फाइनलमा पुगेको छ।
विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेर अनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ।
यातायात व्यवस्था विभागले स्वचालित रूपमा बढाएको भाडादर दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने छ।
८१ ओडीआईमा एक हजार ५०४ र ५८ टी–२० आईमा एक हजार ६ रन प्रहार गरेका मुस्तफा भने टोलीमा अटाउन सकेनन्। उनले ओडीआईमा ८५ र टी–२० आईमा ६१ विकेट लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा संसद्मा भइरहेको अवरोध र समसामयिक राजनीतिबारे कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
कार्यविधिमा अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारबाट थप गरिएको ९.३७ प्रतिशत रकम थप गरी कुल २०.३७ प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था छ।
घाइतेको उद्धार कार्य जारी रहेको र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै रहेको चितवन प्रहरीले जनाएको छ।