न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्याे।
यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो।
दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमार्फत पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
कार्यवाहक महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयले हाल नौ खर्ब बेरुजु देखाएको र त्यो वर्षाैंदेखिको फर्स्योट हुन नसकेको बताएका छन्।
आइतबार सम्पन्न यू–२० रग्बी सेभेन्समा पुरुषतर्फ हङकङले र महिलातर्फ थाइल्यान्डले उपाधि जितेका छन्।
आइतबार स्टेडियम अस्ट्रेलियामा सम्पन्न फाइनल खेलमा स्पेनले इंग्ल्यान्डलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलोपल्ट विश्वकपको उपाधि जितेको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सीआईबीलगायतका सरकारी निकायलाई सत्तापक्षले आफ्नो इसारामा चलाएको आरोप लगाएको छ।
सर्वदलीय बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सीआईबीको अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताए।
रुसी सरकारी अन्तरिक्ष निकाय रोसकाेसमाेसकाअनुसार शनिबार झन्डै तीन बजे यानसँग सम्पर्कविच्छेद भएको थियो।
बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीको अनुसन्धान प्रभावित हुने भएकाले अन्य छानबिन समिति तत्कालका लागि बन्न नहुनेमा जोड दिएका थिए।
नेपाली भान्सामा प्रयोग हुने प्याज ठूला परिमाणमा भारतबाट भित्रिने गरेको छ। नेपालले गत आर्थिक वर्ष ६ अर्ब ७५ करोड ९ लाख मूल्य बराबरको प्याज आयत गरेको भन्सार विभागको तथ्यांक छ।
आइतबार सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १७२.७३ र जीवन बीमा समूहको उपसूचक १३४.९० अंकले घटेको छ।
काठमाडौँ महानगरले गैरकानूनी रूपमा व्यवसायीहरूको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको प्रदर्शनकारीको आरोप छ।
आइतबारका लागि तय प्रतिनिधिसभाको बैठक सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित भएको छ।
सभामुख देवराज घिमिरे संसद्को अवरोध हट्ने विषय सुन तस्करी प्रकरण अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अड्किने गरेको बताउँछन्।
इन्भर्कलाइडमा सन् २०१३ देखि अहिलेसम्म १४७ जोडी जुम्ल्याहा बालबालिका विद्यालयमा भर्ना भइसकेका छन्।
संसदीय सुनुवाइका क्रममा श्रेष्ठले आफ्नो योग्यता, अनुभव, कार्ययोजना र अवधारणा प्रस्तुत गर्नेछन्।
साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएको छ।
अस्पतालमा भर्ना भएका बिरामी बच्चा, कम तौल र समयभन्दा अगाडि जन्मिएका शिशुलाई अनावश्यक औषधि तथा विष मिसाइएकाे इन्सुलिन दिएर हत्या गरेको आरोपमा अदालतले ती नर्सलाई दोषी ठहर गरेको छ।
दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकाका ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारतीको उपचारको मृत्यु भएको छ।