उच्च अदालत पोखराले फेवातालको सिमसार मास्ने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिँदै विश्वप्रकाश लामिछाने आयोग र पुण्य पौडेल नेतृत्वको टोलीको प्रतिवेदन झिकाउन आदेश दिएको छ।
दलित समुदायमाथिका विभेद र उत्पीडन अन्त्यका लागि समितिले तयार पारेका कार्ययोजना कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराएको छ।
मंगलबारको कारोबारपछि म्युचुअल फन्ड समूहको उपसूचक ४.२८ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
'हाम्रो व्यवस्थामा प्रधानमन्त्री मियो हुन्छ। संसदीय समितिबाट आएका रिपोर्टहरूमा प्रधानमन्त्रीको सचिवालयले चासो लिनुपर्छ। प्रधानमन्त्रीबाट चासो भए अन्य मन्त्रालयहरूले पनि कार्यान्वयनमा जोड दिन्छन्।'
स्पेनले उपाधिका लागि आयोजक अस्ट्रेलिया र इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने छ।
प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएकाले सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको एमाले अध्यक्ष ओलीको भनाइ छ।
युवाहरूमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यले काठमाडौँमा ‘उद्यमशीलता प्रेरणा सम्मेलन’ आयोजना हुने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर बरामद भएको सुन पगालेर तौल गर्दा ६० किलो ७१६ ग्राम भएको छ।
चेल्सी र काइसेडोबीच ८ वर्षको सम्झौता भएको छ। उनलाई थप एक वर्ष सम्झौता लम्ब्याउने सक्ने विकल्प पनि दिइएको छ।
हसरंगाले सन् २०१७ मा ओडीआईमा डेब्यू गरेका थिए। त्यसयता ४८ ओडीआई र ५८ टी-२० आई खेलेका उनले १५८ विकेट लिँदै एक हजार २६५ रन बनाएका छन्।
फुल्टन काउन्टीका अधिवक्ता फानि विलिसले सन् २०२१ मा ट्रम्प र उनका सहयोगीमाथि चुनाव भड्काउन खोजेको तथा चुनावमा हस्तक्षेप गरेको विषयमा अनुसन्धान थालेका थिए।
देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट चार लाख ६७ हजार ३८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।
पाकिस्तानको वजिरिस्तान क्षेत्रबाट फर्किएका केही शरणार्थी र खोस्टका बासिन्दा रहेको एक होटेलमा सोमबार राति बम विस्फोट भएको हो।
डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरेमा सडक भासिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
साइकलमा ‘फुड डेलिभरी’ गर्नेहरू सडकमा अपहेलित र बढी असुरक्षित रहेकाले तालिम प्रदान गरिएको नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठको भनाइ छ।
यसअघि सोमबार ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको छ।
काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै ग्याल्थुमसम्म पुग्ने सडक सञ्चालनका लागि काम भइरहेको हेलम्बु गाउँपालिकाले जनाएको छ।
खोटाङका १० वटै स्थानीय तहबाट गायन तथा नृत्य विधामा एक–एकजना गरी २० जना प्रतिभा प्रतियोगिताको फाइनलमा पुगेका थिए।
खेलमा अग्रता भने साडियो मानेको गोलबाट नासरले लियो। उनले खेलको चौथो मिनेटमा गोल गरेका थिए।
सडकमा ढुंगा खस्ने समस्याको कारण दैनिक जसो यातायात अवरुद्ध हुनुका साथै सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र पुरिने जोखिम छ।