AnonymousUser

Logout

कोशी प्रदेशका मुख्यमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

भदौ ४ मा थापाले नियमविपरीत विश्वासको मत लिएकाे भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।

एक महिनादेखि प्रतिनिधिसभामा भइरहेको अवरोध हट्यो

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यताप्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधिसभा बैठक सुचारु भएको हो।

नेपालले कुवेतलाई ३४ रनले हरायो

बुधवार मलेसियाको ब्यूमास ओभालमा नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएकाे कुवेतले निर्धारित समयमा ८ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो। 

सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोग बनाउने दलहरूबीच सहमति, संसद् अवरोध हट्ने

दलहरूबीच अहिलेसम्म भएका सुन तस्करीबारे भएका छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानूनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो।

इटलीमा अत्यधिक गर्मी: तापक्रम ४० डिग्रि सेल्सियस पुग्ने चेतावनी

इटलीको मुख्य कृषि युनियन ‘कोल्डिरेट्टी’ले यो वर्ष इटलीमा अझै गर्मी बढ्ने चेतावनी दिएको छ। गत जुलाईमा यहाँ इतिहासकै सबैभन्दा बढी गर्मी भएको थियो।

थाक्सिन सिनावात्राको राजनीतिक यात्राः सत्ताबाट निर्वासनमा, स्वदेश फर्किएपछि जेल

सिनावात्रा चढेको जहाज अवतरण हुनासाथ भिडले नाचगान गरेर उत्सव मनाएको थियो। समर्थकहरू ठूलो स्वरमा संगीतमा झुमेका थिए। कोही ‘प्रधानमन्त्रीलाई स्वागत छ’ भन्दै नारा लगाइरहेका थिए।

पोखरा जाँदै गरेको बस त्रिशूलीमा दुर्घटना: ८ जनाको मृत्यु, ८ घाइते

काठमाडौँबाट पोखरा जाँदै गरेको बस बुधबार सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो। 

काठमाडौँबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, थप विवरण आउन बाँकी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ छहरा नजिकबाट त्रिशूलीमा खसेको वडाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिए। उनका अनुसार बसमा कति जना सवार थिए भन्ने खुलेको छैन। 

प्रधानमन्त्रीको न्युयोर्क भ्रमण स्वीकृत, जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने विषयमा भने छलफल नभएको मन्त्री शर्माले जानकारी दिइन्।

डोलेश्वर मन्दिरमा श्रावणी मेलाको समापन हुँदै, चारै ढोका खुला

डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्ने परम्परा छ। 

पर्यटनमन्त्री किराँतीलाई पितृशोक

१४ वर्षदेखि पक्षाघातका बिरामी रहेका हर्कबहादुरको उपचारका क्रममा बुधबार बिहान पौने ५ बजे वीर अस्पतालमा निधन भएको छ।

एशियाली खेलकुद: पुरुष रग्बीमा नेपाल समूह ‘ए’मा

नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङकङ चाइनाविरुद्ध खेल्नेछ।  पुरुष रग्बीमा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।

बाल सुधार गृह अपडेट: फरारमध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन

जबरजस्ती अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृहमा ल्याइएका रामेछापको मन्थली–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा शुरू भएको घटनाले सोमबार भयावह रूप लिएको थियो।

अन्तिम ९ मिनेटमा ३ गोल गर्दै अल–नासर एएफसी च्याम्पियन्स लिगमा छनोट

हारको संघारमा पुगेको अल–नासरले खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै शबाब अल–अहलीलाई ४–२ ले पराजित गर्दै एएफसी च्याम्पियन्स लिगमा स्थान बनाएको छ।

सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। 

भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्छौँ: रोहित पौडेल

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खेलाडीहरू क्रिकेटको बलिया राष्ट्रसँग खेल्न उत्साहित रहेको बताएका छन्।

कुखुराको अवैध आयात रोक्न मातहतका निकायलाई गृहको निर्देशन 

गृह मन्त्रालयले मातहतका निकायलाई खुला सिमानाकाबाट गैरकानूनी रूपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य उत्पादन नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

कांग्रेसको समुदायकेन्द्रित कार्यक्रम स्थगित, पार्टीको झन्डा राखी बनाइएका फेसबुक हटाउन निर्देशन

कांग्रेसले वर्षा, बाढीपहिरो, डेंगी तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय प्रभावित भएकाले उनीहरूको सेवामा जुट्न पार्टी संगठनहरूलाई आह्वान गर्दै ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको छ।

हङकङमाथि नेपालको ६ विकेटको जित

नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै चार राष्ट्रसम्मिलित क्रिकेट सिरिजमा विजयी शुरूआत गरेको छ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ

मंगलबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।