नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्त्वका हरेक सवालहरू ओझेलमा पर्ने गरेको बताए।
एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले मंगलबार समय अभावका कारण सर्वदलीय बैठक बुधबार बस्ने गरी स्थगित भएको जानकारी दिए।
मंगलबार १८१ कम्पनीको शेयरमूल्य बढ्दा ४२ कम्पनीको घटेको छ। नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक हरियो देखिएको छ।
मंगलबारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर संसद् सचिवालयले बुधबार ३ बजेसम्म स्थगित भएको जनाएको छ।
प्रधानमन्त्री दाहालले जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रूख कटान र जग्गा अधिग्रहणको समस्या मौजुदा कानूनको संशोधन र नयाँ कानूनको निर्माण गरी सम्बोधन गरिने बताए।
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताएका छन्।
सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई भने प्रतिवादी बनाइएन। उनीहरुलाई साक्षीका रूपमा मात्र राखिएको छ।
'कोशी प्रदेशमा लगातार केन्द्रको हस्तक्षेप भइरहेको छ। प्रदेशसभामा जे भयो, त्यो पनि केन्द्रीय गठबन्धनकै नेताहरूको निर्देशनमा भएको छ। कोशीका दललाई नै छोडिदिने हो भने, यो विषय समाधान हुन्छ।'
सन् २०२५ सम्मको लागि म्यानचेस्टर युनाइटेडमा अनुबन्धित ग्रीनवूडले क्लब छोड्ने आफ्नो निर्णयले सबैकाे भलाइ हुने बताएका छन्।
२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको थियो।
त्रिविको विश्वविद्यालयले पुस्तकालयमा अध्ययन गर्दा वर्षको एक हजार १०० रुपैयाँ तिर्नुपर्ने मापदण्ड बनाएको छ। तर, विद्यार्थीहरूले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ति जनाएका छन्।
संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको राष्ट्रपति पौडेलको भनाइ छ।
घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाचएको छ। बसमा ३५ जना यात्रु सवार थिए।
जितसँगै आर्सनलको दुई खेलबाट छ अंक भएको छ। एक जित र एक हार बेहोरेको क्रिस्टल प्यालेसको तीन अंक छ।
बैठकले छानबिन समितिको टीओआर तयार गर्नका लागि एमाले नेता सुवासचन्द्र नेम्वाङ, कांग्रेसका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता हितराज पाण्डे सदस्य रहेको कार्यादेश समिति गठन गरेको छ।
नेपालमा भारतको उत्तर प्रदेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
टोपेखोलामा सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
एमालेले यसपटक तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिरहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको छ।
एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष माधव नेपालले ‘एमालेबाट विद्रोह’ नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरूमाथि दमन र अत्याचार हुने बताएका थिए।