AnonymousUser

Logout

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने

सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको छ। 

बुधबार साँझ खुलेको बेँसीशहर–चामे सडक पुनः अवरुद्ध

छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका स्थानीयलाई आवतजावतमा समस्या भएको छ। उनीहरूले स्याउ, आलुलगायत उत्पादन बिक्रीका लागि बजारसम्म पुर्‍याउन पनि पाएका छैनन्।

३ पटक म्याद थप्दा पनि बनेन भगवानपुर सबस्टेसन

सिरहाको भगवानपुर गाउँपालिकामा १८ महिनामा सक्नेगरी २०७४ असोज ६ सबस्टेसन निर्माणको ठेक्का लागेको थियो। तर, ठेकेदारको ढिलासुस्तीले तस्रोपटक म्याद थप्दासमेत पूरा भएको छैन।

समुन्द्रमा भेटियो मान्छेको जस्तै दाँत भएको विचित्रको माछा

अगाडिका दाँत ब्वाँसाेकाे जस्ताे र पछाडिका दाँत मान्छेकाे जस्ताे भएकाे याे जीव झट्ट हेर्दा हिंस्रक र आक्रामक देखिन्छ।

गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सिग्देल निर्वाचित

नवनिर्वाचित अध्यक्ष सिग्देलले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदानका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। 

जीर्ण बन्यो उत्तरपानी प्राविधिक शिक्षालय, मर्मत गर्न बजेट अभाव

२०४० सालमा ८६५ रोपनीमा स्थापित उक्त शिक्षालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ।

बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ७ पुग्यो

मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह छन्। बाँकी चार जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

विमान दुर्घटनामा रुसको वाग्नर समूहका प्रमुखसहित १० जनाको मृत्यु

वरिष्ठ रुसी जनरल सर्गेई सुरोविकिनलाई वायुसेना प्रमुखको पदबाट बर्खास्त गरिएकै दिन विमान दुर्घटना भएको हो।

मेस्सीप्रेरित इन्टर मियामी यूएस ओपन कपको फाइनलमा

सिन्सिनाटीलाई टाइब्रेकरमा पराजित गर्दै मियामी उपाधि नजिक पुगेको हो। निर्धारित र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

तीर्थयात्री चढेको बस बारामा दुर्घटना, ६ जनाको मृत्यु

बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ। उनीहरू पशुपतिनाथको दर्शन गरेर घर फर्किँदै थिए।

गौरा पर्व मनाइँदै

गौरालाई मध्य र सुदूरपश्चिमका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। पछिल्लो समय काठमाडौँलगायत अन्य स्थानमा पनि यो पर्व मनाउन थालिएको छ। 

देशभर चट्याङसहित वर्षाको सम्भावना

बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडाैँमा हुने एशियाली शारीरिक सुगठन प्रतियाेगितामा २५ राष्ट्रको सहभागिता रहने

नेपालमा पहिलोपटक हुन लागेकाे एशियालीस्तरको याे प्रतियोगिता सात दिनसम्म चल्नेछ।

संसदीय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सांसद आफैले आफ्नो संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकासको लागि रकम छुट्याउँदा स्वार्थ बाझिने आदेशमा उल्लेख छ।

संसदीय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ– संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रकम खर्च नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।  सर्वोच्च अदातलका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह रावतको संवैधा…

३२ क्लबको पत्र : बाँकी बक्यौता भुक्तानी नगरे एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगिता खेल्दैनौँ

शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका ४२ मध्ये ३२ क्लबका प्रतिनिधिले बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुगेर पत्र बुझाएका हुन्।

चन्द्रयान–३ को सफल अवतरण, चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश बन्यो भारत

यसअघि चन्द्रमाको यही क्षेत्रमा पुग्ने लक्ष्यसहित गएको रुसी यान लुना–२५ गएकाे आइतबार चन्द्रमाकाे नजिक पुगेर दुर्घटनामा परेको थियो। 

सरकारको सुशासन आफ्ना मान्छे परेपछि सुस्तायो : रवि लामिछाने

छानबिन समितिको गठन गर्ने निर्णयको विषयमा पनि असन्तुष्टि व्यक्त गर्दै भने,–'ठिक छ, समिति बन्ला तर विगतमा गरेका समितिहरूले के गरे ?'

उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुन्छ : सांसद पौडेल

विभिन्न अनियमितता प्रकरणमा भएका अनुसन्धानको प्रतिवेदनदेखि प्रतिवेदनमा गएर अल्झिने र अनुसन्धान रोक्ने काम नगर्न पनि उनले आग्रह गरे।