AnonymousUser

Logout

सार्वजनिक–निजी साझेदारी ऐन संशोधन हुँदै, प्रस्ताव तयार पार्ने जिम्मा लगानी बोर्डलाई

बैठकले तमोर जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरेको छ। 

किन मारिए वाग्नर प्रमुख प्रिगोजिन, के पुटिनले आफ्नै साथीसँग बदला लिए? 

विमान दुर्घटनामा मारिएका रुसी सैन्य समूह, वाग्नरका प्रमुख प्रिगोजिनको मृत्युको रहस्य खुल्न बाँकी छ। पश्चिमा मुलुकहरु भने यसलाई दुर्घटना मान्न तयार छैनन्।

रहेनन् ‘डब्ल्यूडब्ल्यूई’ स्टार ब्रे

३६ वर्षीय ब्रेको हृदयघातका कारण बिहीबार मृत्यु भएको हो। डब्लूडब्लूई कन्ट्याक चिफ अफिसर ट्रिपल एचले सामाजिक सञ्जालमार्फत् ब्रेको मृत्यु भएको जानकारी दिएका हुन्।

ट्रम्पद्वारा जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण, २ लाख डलर धरौटीमा छुटे

जेलको वेबसाइटमा राखिएको ट्रम्पको रेकर्डमा गोरो वर्णको, ६ फीट ३ इन्च अग्लो, ९७ किलो, स्ट्रबेरी रंगको कपाल र नीलो आँखा भएको भनी उनको हुलिया उल्लेख गरिएको छ।

हेलम्बु मेलम्चीमा बाढी: मेलम्ची–हेलम्बु सडक अवरुद्ध

पानी परिरहेकाले सडक मर्मत गरेर यातायात सुचारु गर्न समस्या भइरहेको मेलम्ची नगरपालिकाले जनाएको छ।

भ्रष्टाचार र संगठित अपराधविरुद्ध खबरदारी गर्दै नागरिक आन्दोलन 

ललिता निवास, नक्कली शरणार्थी तथा सुन तस्करी प्रकरणमा चयनात्मक अनुसन्धान र अभियोजन भएकाले  बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौँको भद्रकालीमा खबरदारी गर्न लागेको हो।

महाकालीको जलसतह खतराको तहभन्दा माथि, कञ्चनपुरको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कैलालीको टिकापुर, चिसापानीलगायत आसपासका स्थानमा पनि भारी वर्षा भइरहेको छ। ती स्थानमा शुक्रबार दिउँसोसम्म नै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सडक हिलाम्मे भएपछि टिमुरमै रोकिए चीनबाट आयातित विद्युतीय सवारी

सडक सुधार गरी नेपाल–चीनबीचको मालसामग्री आयात निर्यातमा सहजता गरिदिन सडकसँग सम्बन्धित निकायलाई अनुरोध गरिएको भन्सार कार्यालयले जनाएको छ।

शुल्क घटाउन माग

शुल्क वृद्धिको विरोधमा प्रदर्शन

इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ बीईको शुल्क मनोमानी ढंगले वृद्धि गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक इन्जिनियरिङ क्याम्पसको अगुवाइमा शुक्रबार डिन कार्यालय पुल्चोकदेखि माइतीघरसम्म प्रदर्शन गरिएको हो।  डिन कार्यालयले हालै शिक्षण शुल्क तीन लाख १८ हजारबाट वृद्धि गरेर सात लाख ७७ हजार पुर्‍याएको थियो।

ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बन्चरो प्रहार

पूर्वपश्चिम राजमार्गस्थित झापाको झरना खोलानजिक नियमित सवारी जाँचका क्रममा प्रहरी निरीक्षक युवराज कटुवालमाथि बन्चरो प्रहार भएको छ। उनको टाउको र हातमा गम्भीर चोट लागेको छ।

कस्तो रहनेछ शुक्रबारको मौसम?

कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका केही स्थानमा  मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री

सुदूरपश्चिम प्रदेशका नागरिकको भावनालाई सम्बोधन गर्दै यस पर्वलाई राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने प्रस्ताव लिएर जाने प्रधानमन्त्री दाहालको भनाइ थियो।

युवाको सहभागिता बढाउन एकीकृत समाजवादीले ‘मेची–महाकाली राष्ट्रिय अभियान’ चलाउने

एकीकृत समाजवादीले एमसीसी सम्झौताको कार्यान्वयनको अनुगमन गर्न र जनतालाई सुसूचित गर्न समिति बनाउने निर्णय गरेको छ।

कोशी सरकारलाई दीर्घकालीन असर पार्ने निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश, रिटलाई अग्राधिकार

न्यायाधीश खतिवडाको इजलासले विवादित विषय छिटोछरितो रूपमा निरूपण गर्न वाञ्छनीय देखिएको भन्दै पूर्ण सुनुवाइका लागि भदौ १५ गते रिटलाई अग्राधिकार दिई पेश गर्न भनेको छ।

६५८ अस्थायी दरबन्दी सिर्जना गर्नेसहित मन्त्रिपरिषद्ले अरू के–के गर्‍यो निर्णय?

मन्त्रिपरिषद् बैठकले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न स्वीकृति दिने लगायतका निर्णय गरेको छ।

सदनमा भदौ १२ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर, समूह २ मा रहेका सांसदले प्रश्न सोध्ने

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रूपमा पेश गर्न आग्रह गरेका छन्।

ललितानिवास प्रकरणमा बहालवाला न्यायाधीश पनि संलग्न, किर्ते मुद्दा चलाउन सीआईबीको सिफारिस

भौतिक योजना तथा निर्माण मन्त्रालयको कानून शाखामा रहँदा गौतमले आफ्नो कार्य क्षेत्रबाहिर गएर काम गरेको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

प्रधानमन्त्री दाहाल र नेपालले कोशीमा साम्प्रदायिक हिंसा भड्काउन खोजेको ओलीको आरोप

एमाले‍ अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्न सरकार तयार हुन नसकेको टिप्पणी गरेका छन्।

श्रमिकले बढेको पारिश्रमिक पाउने वातावरण बनाउन सांसदको ध्यानाकर्षण

सांसदहरूले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाउनुपर्ने, त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ कलेजको शुल्क बढाउने निर्णय फिर्ता लिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सार्वजनिक रूपमा प्रश्न उठेपछि अध्यागमनका महानिर्देशक अधिकारी गृह मन्त्रालय तानिए

अध्यागमन विभागका महानिर्देशक अधिकारी गृह मन्त्रालयमा तानिए पनि उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे तत्काल निर्णय भइसकेको छैन।