AnonymousUser

Logout

विरोध

‘तस्करीले देश बन्दैन’

देशमा भएको चरम भ्रष्टाचार, दण्डहीनता, नक्कली भुटानी शरणार्थी प्रकरण, सुनकाण्डलगायत विभिन्न अनियमितताको विरुद्धमा शनिबार बृहत् नागरिक आन्दोलन गरिएको छ। भद्रकाली मन्दिर परिसरमा आयोजना गरिएका सो विरोधसभामा सहभागीहरूले ‘तस्करीले देश बन्दैन’, ‘भ्रष्टाचारको विरुद्ध नबोल्नु पनि भ्रष्टाचार हो’, ‘घुम्ने मेचमाथि सुनको मान्छे’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

गैरआवासीय नेपाली नागरिकता लिँदा झन्झट नहोस् भन्नेमा सरकार सजग छ: गृहमन्त्री

संघले अनलाइन तथा नेपाली दूतावास वा महावाणिज्य दूतावासबाटै नागरिकता प्राप्तिका लागि निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्नेलगायत सुझाव गृह मन्त्रीसमक्ष प्रस्तुत गरेको छ। 

बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

मेलम्ची नदीमा आएको बाढीले शुक्रबार राति हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको बगाएको भवन छ। अन्य विद्यालय भवन पनि जोखिममा छन्।

आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै, सर्वसाधारणले पनि खरिद गर्न पाउने

अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ। ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।

बागलुङमा पहिरोले २ घर भत्किए, दर्जनभन्दा बढी उच्च जोखिममा

पहिरोले घर भत्किँदा बागलुङ नगरपालिका–६ मैदानका जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएका छन्। 

रोनाल्डोको ह्याट्रिकमा अल–नासरको सानदार जित

जितसँगै अल–नासर तीन खेलबाट तीन अंक जोड्दै १०औँ स्थानमा उक्लिएको छ। 

कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, गण्डकी र बागमतीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

न्याय माग्दै दुई महिनादेखि अनशनरत न्यायाधीशकी पत्नीको स्वास्थ्य गम्भीर बन्दै

न्यायका लागि काठमाडौँको माइतीघर मण्डलमा ६१ दिनदेखि अनशनरत वैवाहिक बलात्कारपीडित आरतीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आफन्तले बताएका छन्।

उकालो साप्ताहिक ब्रिफिङ: संसद् खुल्यो, स्वार्थ खुलेन

आज भदौ ८ शुक्रबार, यो हप्ताभर सबैभन्दा बढी सदनको अवरोध चर्चामा आयो। साथै कोशी प्रदेशको विश्वासको मत, ललितानिवास जग्गा प्रकरणमा सीआईबीको अनुसन्धानले चर्चा पाउँदा अन्य केही जनचासोका विषय भने ओझेलमा परे।

नेपाली क्रिकेटलाई धनी बनाउने मेरो लक्ष्य हो : पारस खड्का

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै पारसले सामाजिक, आर्थिक सबै रूपमा नेपाली क्रिकेटलाई धनी बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

रास्वपाले क्षमताले भ्याउने संसदीय समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने

रास्वपाले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको छ।

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेश आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री 

प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्‍याउन समाजवादी मोर्चा बनाएको प्रधानमन्त्री दाहालको भनाइ छ।

सुनसरी प्रशासनद्वारा धरान उपमहानगर क्षेत्रभित्र निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।

धार्मिक विवादले धरानलाई संवेदनशील बनाएको भन्दै सद्‍भाव कायम गर्न मेयर राईले गरे अपिल

मेयर हर्कराज राईले अपिलमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाइरहेको उल्लेख गरेका छन्।

सिरहामा हुने भनिएको एमाले सचिवालय बैठक स्थगित

शनिबारदेखि सिरहाको अम्बासमा बस्ने भनिएको एमाले सचिवालय बैठक प्रतिकूल मौसमका कारण स्थगित भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन्।

नेपाल मलेसियासँग ६ विकेटले पराजित

जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले  १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

सामाजिक सद्भाव बिगार्न खोज्नेसँग सतर्क रहन मन्त्री खड्काको आग्रह

रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा कुनै पनि बाहनामा साम्प्रदायिक द्वन्द्व भड्काउन खोज्ने तत्त्वप्रति आमनागरिक, तिनै तहका सरकार र सबै राजनीतिक दलसमेत सचेत हुनुपर्ने बेला आएको बताएका छन्।

ओली भन्छन्– कोशीमा एमालेको सरकार बन्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता आएको आरोप लगाएका छन्।

ओलीको उदयसँगै राजनीतिमा घृणा शुरू भएको घनश्याम भुसालको आरोप

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा र भर्त्सनामा उत्रिनेहरू आएको टिप्पणी गरेका छन्।

पर्व

वर्ल्ड ट्रेड सेन्टरमा तीज मेला

काठमाडौँ– डेक नेपाल प्रालिले काठमाडौँमा बुधबारदेखि आयोजना गरेको १४औँ तीज मेला अवलोकनकर्ताको उत्साहजनक उपस्थिति देखिएको छ। वर्ल्ड ट्रेड सेन्टरमा सञ्चालित तीज मेलाको अवलोकनका साथै स्थानीय सामग्री खरिद गर्न सकिन्छ। मेलामा सामग्री किन्न आएकी काठमाडौँ वनस्थलीकी प्रमिला कुँवरले तीजका लागि आवश्यक सामग्री एकै ठाउँमा सस्तो मूल्यमा किन्न पाउँदा खुशी लागेको बताइन्। “सबै सामग्री एकै ठाउँमा पाइने, त्यो पनि सस्तो मूल्यमा। खुशी लाग्यो,” उनले भनिन्। मेलामा विशेष गरी तीज पर्वका अवसरमा प्रयोग गर्ने महिलाले चुरा, पोते, लत्ताकपडा, शृंगारका सामग्री राखिएका छन्। आर्थिक अवस्था कमजोर भएका महिलाले निर्माण गरेका हस्तकलाका सामग्रीहरू पनि प्रदर्शनमा राखिएका हुन्। धनकुटाकी ४७ वर्षीया रजनी राई चित्रकारले विगत चार वर्षदेखि आफूले बनाएका हस्तकलाका सामग्री मेलामा प्रदर्शन गर्दै आएको बताइन्। “आकर्षक खालका सामग्रीहरू बिक्री वितरण गर्दै आएकी छु। व्यापार राम्रै भएको छ,” उनले भनिन्। डेक नेपाल प्रालिका व्यापार तथा बजार व्यवस्थापक स्मृति श्रेष्ठले मेला आगामी भदौ १० गतेसम्म चल्ने बताइन्। उनका अनुसार यो कम्पनीले तीज मेलासँगै पाकिस्तानी मेलालगायत विभिन्न प्रदर्शनी गर्दै आएको छ। तीजको अवसर पारेर अघिल्लो वर्ष पनि यस्तै मेला आयोजना गरिएको थियो।