जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराईले किर्ते कसूरमा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको जानकारी दिए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संगठित अपराध र किर्तेमा ५७ दिन अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौँ जिल्ला अदालतमा ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर गर्दैछ।
बाढीले हेलम्बु–४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको भवन बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन्।
रंगभेदी घोषणापत्र बोकेका बन्दुकधारीले ‘जनरल डलर स्टोर’मा गोली प्रहार गरेका थिए। हत्या गरिएकामध्ये दुई पुरुष र एक महिला छन्।
यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो।
शनिबार राति भएको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।
कोशी, मधेश र बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने बताएका छन्।
सुनकाण्ड, ललितानिवास प्रकरणलगायतका भ्रष्टाचार तथा अपराधको अनुसन्धान प्रभावकारी नभएको र अनियमिततामा मुछिएका नेतालाई उन्मुक्ति दिन खोजिएको भन्दै बृहत् नागरिक आन्दोलनले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले सुनकाण्डबारेको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यताप्राप्त गरेको छैन भन्ने आधारमा टेकेर एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सहभागी हुन नदिएको आरोप लगाएका छन्।
बागमती
नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज नाराको संयोजनमा पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाले शनिबार कुपोन्डोलस्थित बागमती नदीबाट सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेका छन्। बागमती तथा यसका सहायक नदीहरूको बिग्रँदो अवस्थालाई सुधार गर्न जलयात्रा आयोजना गरिएको हो। बागमतीलाई माछा बाँच्न, पौडी खेल्न र पानी खान योग्य तथा मृतकका लागि शुद्ध जल तर्पणयोग्य बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए। तस्वीरहरू: रासस/फोटो लाइब्रेरी
एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले संविधानको रक्षा गर्ने भन्ने सत्तागठबन्धनले बारम्बार संविधान मिचिरहेको टिप्पणी गरेका छन्।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने तयारी गरिरहेको बताएका छन्।
रास्वपा सभापति रवि लामिछानेले सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुन आग्रह गरेका छन्।
कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने कामको आरोप लगाएका छन्।
दक्षिणी फ्रान्सका केही भूभागमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार एक समारोहबीच पुरस्कार तथा सम्मान प्रदान गरिने चलचित्र विकास बोर्डले जनाएको छ।
'अहिलेका पदाधिकारीहरूसँग हाम्रो व्यक्तिगत दुस्मनी छैन। हाम्रो उत्तराधिकारीका रूपमा उहाँहरू आउनुभएको हो। ऐनअनुसार उत्तराधिकारीका रूपमा आइसकेपछि कुनै पनि संस्थाको अविछिन्न नेतृत्व मानिन्छ।'
नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने ‘ब्लाक सफ्टसेल’ कछुवा ७० देखि ८० किलोसम्मको हुन्छ। बेतना सिमसारमा यो कछुवा दुई दर्जन हाराहारी रहेको छ।