AnonymousUser

Logout

सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योगक्षेत्रमा लोडसेडिङ गरेको सुरेन्द्र पाण्डेको आरोप

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयरको मूल्य घटेपछि मार्जिन कल बढ्ने भएकाले राष्ट्र बैंकले समयमै ध्यान दिन सके पुँजी बजारमा सुधार आउने र अर्थतन्त्र पनि चलायमान हुने बताए।

शान्ति समाजले १५ जनालाई स्रष्टा सम्मान गर्ने

पुरस्कृत हुनेहरूमा सात जना महिला स्रष्टा छन् भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको समाजले जनाएको छ।

ओपनर सञ्जय श्रेष्ठको शतकप्रेरित नेपालसँग कुवेत भेट्रान ४३ रनले पराजित

नेपालले दिएको २६१ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन मात्रै बनाउन सक्यो।

बालीनालीमा पुर्‍याएको क्षति कम गर्न बाँदरको बन्ध्याकरण गर्नुपर्छ: आरजु राणा

कृषि समिति सभापति आरजु राणाले बाँदरले किसानको बालीनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बन्ध्याकरण गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी छन्।

पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी देश फिर्ता गर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले न्यायिक मूल्य–मान्यताको पालना नभएको उल्लेख गर्दै पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी आफ्नै देश फिर्ता गर्न सरकारलाई आदेश दिएको छ।

ओलीसँगको भेटमा अमेरिकी सिनेटरले राखे एमसीसी र शान्तिप्रक्रियाबारे चासो

अमेरिकी सिनेटर होलेनले एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताका क्रममा शान्तिप्रक्रियाको बाँकी काम र अमेरिकी सहयोग परियोजना एमसीसीबारे चासो व्यक्त गरेका छन्।

नेप्से २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा सीमित

आइतबार विभिन्न कम्पनीका कुल ४० लाख ५३ हजार ३६८ कित्ता शेयर एक अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा खरिद बिक्री भयो।

बजेट अभावले तय कार्यक्रम पनि सम्पन्न गर्न नसक्ने अवस्थामा छौँ : मन्त्री आचार्य

बजेटकै अभावका कारण बालसुधार गृह, वृद्धा आश्रमसमेत आवश्यकताअनुसार बनाउन नसकिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको भनाइ छ।

संविधान दिवस विविध कार्यक्रमसहित तीन दिन मनाउने सरकारको निर्णय 

सरकारले आगामी असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ।

गुनासो सुनुवाइ संयन्त्रहरूले जनताको मुहार उज्यालो बनाउने गरी काम गर्न सकेनन् : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले सबै संयन्त्रलाई उत्तरादायित्वबोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने बताएका छन्।

म्यानमारसँगको मैत्रीपूर्ण खेल : उत्सव र हिसुब पहिलो पटक राष्ट्रिय टोलीमा, विमल र विशाल अटाएनन् 

फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग सेप्टेम्बर ८ र ११ मा दुई मैत्रीपूर्ण खेल खेल्दैछ।

जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको जिप आइतबार बिहान दुर्घटनामा परेको हो।

महिलाको लामो ‘मुलेट हेयर स्टाइल’को विश्व रेकर्ड

मुलेट भनेको टाउकोको अगाडि र छेउछाउको कपाल छोटो पारेर पछाडिको कपाल मात्र राख्ने तरिका हो। गिनिज वर्ल्ड रेकर्डका अनुसार ५८ वर्षीया म्यानिसले ३३ वर्ष लगाएर यति लामो मुलेट तयार पारेकी हुन्। 

कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो।

पेप्सीकोला दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या २ पुग्यो, बस चालक पक्राउ

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीय उषा थापाको उपचारका क्रममा मृत्यु भएको हो।

कोशी सरकारविरुद्धको रिट न्यायाधीश मल्ल र माथेमाको इजलासमा

मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ मा रिट दर्ता गराएका थिए।

भुटानलाई हराउँदै नेपाल समूहको शीर्षस्थानमा 

जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। 

पेप्सीकोला–काँडाघारी सडकमा बसको ठक्करबाट १ जनाको मृत्यु, ६ घाइते

आइतबार बिहान आठ बजेतिर बसले जिप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

आईसीसी महिला टी–२० विश्वकप छनोट: भुटानले नेपाललाई दियो ४० रनको लक्ष्य

नेपालकी तीव्र गतिकी बलर पुजा महतोले ३ विकेट लिइन्। कप्तान रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान १/१ विकेट लिए।

रसुवागढी नाकाबाट १ किलो सुनसहित १ जना पक्राउ

केरुङबाट अवैध रूपमा १ किलो सुन नेपाल भित्र्याउँदै लाग्दा गोसाईंकुण्ड गाउँपालिका–३ बृद्धिम की पाछेमु तामाङ प्रकाउ परेकी हुन्।