आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली भइ कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले क्यानडाको भ्यान्कुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजी नेपालको विकासमा लगाउन आग्रह गरेका छन्।
अभियानका संयोजक सुनबहादुर तामाङले ब्रिटिस गोरखालीहरूलाई नेपाली नागरिकताको निरन्तरता नपाए बेलायतमा बस्दै आएका गोरखालीको चलअचल सम्पत्ति पूर्ण रूपमा पलायन हुने बताए।
ललितानिवास प्रकरणमा सीआईबीले सरकारी किर्ते र संगठित अपराधमा अनुसन्धान गरे पनि सरकारी वकिल कार्यालयले सरकरी किर्तेमा मात्र मुद्दा दायर गरेको छ।
प्रतिनिधिसभा नियमावलीले विषयगत समितिका सभापतिहरूलाई पनि सभामुखजस्तै शक्तिशाली बनाएको छ। त्यो शक्ति अभ्यास गर्ने ठाउँमा को–को पुग्दैछन्?
प्रधानमन्त्री दाहालले देशलाई स्थिरता, स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्ने प्रयास गरिरहेको बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक समस्या निरूपण नगरी हेरेर बस्नेहरूलाई ताली बजाउने मौका दिन नहुने बताएका छन्।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न आफूले सोमबारदेखि पेसी, तारिख ‘अटोमेसन सिस्टम’ शुरू गर्न लागेको बताएका छन्।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार सामूहिक लगानी कोषको शेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।
जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पाँचौँ नम्बरमा पेसी तोकिएको सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार हेर्न नभ्याइनेमा परेको छ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले बजेट, नीति तथा कार्यक्रम परम्परागत विधिबाट नै ल्याएको र जनताको आवश्यकताका आधारलाई अघि बढ्न नसकेको टिप्पणी गरेका छन्।
माओवादी कन्द्रको तीनमहिने अभियान कति सफल हुन्छ भन्ने कुरा सूचना प्रविधिको प्रयोगमा भर पर्ने बताउँदै सोही अनुरूप काम गर्न नवगठित आईसीटी फोरमलाई अध्यक्ष दाहालले निर्देशन दिए।
सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षामा एउटै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, शुल्कवृद्धि फिर्ता लिनुपर्नेलगायत सातबुँदे माग राख्दै विद्यार्थी आन्दोलित भएका छन्।
अमेरिका, अस्ट्रेलिया, फिलिपिन्स, पूर्वी टिमोर र इन्डोनेसिया गरी पाँच देशका दुई हजार ५०० सैनिक सम्मिलित ‘प्रिड्याक्टर रन’ तालिमका क्रममा दुर्घटना भएकाे हाे।
लोडसेडिङ अन्त्यपछि नेपाल विद्युत् प्राधिकरणले प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार र सुधारलाई प्राथमिकता दिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले प्रमाण नपुगेर प्रतिवादी नबनाइएकाको हकमा प्रमाण पुगेमा पछि अभियोगपत्र दायर गर्ने गरी बाटो खुल्ला राखेको हो।
सीआईबीको अनुसन्धानमा शाहले मालपोत कार्यालय भक्तपुरको प्रमुख हुँदा राणा परिवारबाट जग्गा प्राप्त गरेर सरकारी जग्गा हत्याउन सहयोग गरेको देखिएको थियो।
यसअघि न्यायाधीश राजकुमार खतिवडाको इजलासले गौशाला २६ र उनको आमाको उमेर विवादसँग सम्बन्धित कागजात मगाउन आदेश दिएको थियो।
आइतबार काठमाडौँ जिल्ला अदालतमा दायर भएको किर्ते मुद्दामा राउतलाई पनि प्रतिवादी बनाइएको छ।