केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका छन्। उनीहरूले विधेयक यथास्थितिमा पारित भए यसमा रहेका प्रावधानले न्यायिक पद्धतिमा प्रभाव पार्ने तर्क गरे।
कांग्रेस महामन्त्री गगन थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० मा जघन्य अपराधीलाई जोगाउने प्रावधान राखिएको भन्दै त्यसको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रह गरेका छन्।
पर्व
प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन बिहीबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदै छ। जनै पूर्णिमा नजिकिएसँगै बजारमा राखी, जनै र धागोको व्यापार पनि बढेको छ। आजभोलि राखी लगाउने परम्परा फस्टाउँदै छ। बजारमा पनि जनैभन्दा धेरै राखी को किनमेल बढी छ। ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनै लगाउने चलन रही आएको छ। बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किएका समूहको मुद्दा खारेज गर्ने गरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्नु नहुने बताएका छन्।
मैले यो बोतल समुन्द्रमा फालेकी छु। सायद भोलि नै यसलाई कसैले भेटाउँछ होला, या त लामो दुरी पार गर्दै अफ्रिकाको कुनै समुन्द्री तटमा पनि पुग्न सक्छ।
डेडिकेटेड लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरूसँग मन्त्रीहरूकै साँठगाँठ रहेकाले छानबिन गरी कारबाही हुन जरुरी रहेको सुवालको भनाइ छ।
डंगी रोगले कोभिडमा जसरी नै जनता आतंकित भएको र संक्रमणका कारण सुनसरीमा मात्रै १४ हजार २६५ जना संक्रमित भएको सांसद कार्कीको भनाइ छ।
सरकारले गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षणका गरिरहेको तथा उनलाई ३७ लाख ४७ हजार रुपैयाँ उपचारखर्च उपलब्ध गराएको प्रधानमन्त्रीले बताएका छन्।
सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।
शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकतावाहक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन्।
गएकाे हप्ता अस्ट्रेलियाका दुई ठूला ग्यास कम्पनी शेभरोन र वुडसाइड इनर्जीको आपूर्तिमा अवरोधको चिन्ता बढेसँगै युराेपमा ग्यासको मूल्य उकालो लागेको थियो।
पछिल्लो समय बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको अध्यक्ष लिङ्देनले बताएका छन्।
सरकार र सरकारको नीतिप्रति नै व्यवसायी ढुक्क हुन नसकेको प्रधानमन्त्री दाहालको भनाइ छ।
जिल्ला क्रिकेट संघले मैदान निर्माणबारे चासो देखाएको छ। व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्ने तयारी छ।
सोमबार अदालतले थुनामा रहेकामध्ये शिव भट्टराई र रुद्रकुमार श्रेष्ठको बयान लिएको थियो। मंगलबार चार जनाको बयान लिने तयारी छ।
जितसँगै एट्लेटिको तीन खेलबाट सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानको रियल मड्रिडको नौ अंक छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कांग्रेस महामन्त्री गगन थापा भ्रष्टाचारका काण्डहरू सार्वजनिक भए पनि ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम बनाउने काम भइरहेको बताउँछन्।
सन्दीपसँगै यसपटक आसिफ शेख र आरिफ शेखसहित पाँच नेपाली खेलाडी बीबीएलको ड्राफमा परेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास प्रकरणमा आफ्नो पार्टीलाई आरोप लगाउनेहरू अहिले आफैँ भागाभागमा परेको टिप्पणी गरे।