कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले निर्दाेष नागिरकमाथि आक्रमण गरेकाे भन्दै रुसकाे निन्दा गरेका छन्।
बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपालमा आयाेजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा सहमहामन्त्री यादवमाथि आक्रमण भएकाे थियाे।
शिशुको अवस्था पनि गम्भीर छ। जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो।
एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यासस्तर राम्रो बनाउन नसकिएकाे भन्दै सरकार र निजी निकायहरूले पूर्वाधार तथा खेलाडीहरूमा लगानी बढाउनुपर्ने उनले बताए।
मुख्यमन्त्री सरोजकुमार यादवले मधेश सरकारका मन्त्रालय र मन्त्रीहरूको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरू गरिने बताएका हुन्।
चारपटक उपविजेता रहेको नेपाली टोली उपाधि जित्ने लक्ष्यकासाथ भुटान पुगेको थियो।
८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामग्रीहरू छन्।
कृष्ण जन्माष्टमी
ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि घुइँचो लागेको हो। भाद्र कृष्ण अष्टमीकै दिन श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ।
संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाले जनाएको छ।
आउँदाे शुक्रबार हुने थाइल्यान्डसँगकाे खेल जितेमा नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने छ।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी तथा क्रिकेट समर्थकले नेपाली क्रिकेट टोलीलाई स्वागत गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयाेजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा उनीमाथि आक्रमण भएकाे हाे।
कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ६५ करोड ८२ लाख ५० हजार र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत सात करोड ८० लाख ८७ हजार रुपैयाँ भुक्तानी गरेको छ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप र कार तथा २५ वटामा साना/ठूला कार चार्ज गर्न सकिनेछ।
यसअघि परीक्षा असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको थियो। परीक्षा शुल्कबापत प्रतिविद्यार्थी ६०० रुपैयाँका भदौ २२ गतेभित्र बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ।
मलेसियाले अस्ट्रेलियाबाट बर्सेनि ५५ लाख डलर बराबर गाईभैँसी आयात गर्दै आएको छ। अस्ट्रेलियाबाट सबैभन्दा धेरै गाईवस्तु आयात गर्ने देश इन्डोनेसिया हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार विभिन्न कार्यक्रम गरि मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस मनाइँदै छ। नेपालमा २०६४ सालदेखि यो दिवस मनाउन थालिएको हो।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रोल्पाका पूर्ण बहादुर बुढामगर र बर्दियाका लीला रानामगर विजयी भएका छन्।