AnonymousUser

Logout

मेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष खेलाडी, महिलातर्फ स्पेनकी बोनमाटी उत्कृष्ट 

सिटीका मुख्य प्रशिक्षक पेप गार्डिओला र लायोनेसेसका मुख्य प्रशिक्षक सरिना विग्म्यानले सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्। 

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा शुक्रबार बिहान सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

भोजपुरको तुङ्‌गेछा केन्द्रबिन्दु भएर भूकम्प

भोजपुरको तुङ्‌गेछा केन्द्रबिन्दु भएर शुक्रबार बिहान १ः११ मिनेट जाँदा चार म्याग्निच्यूडको भूकम्प गएको छ।

च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख एकै समूहमा

सिजनको विजेता म्यानचेस्टर सिटी समूह ‘जी’मा परेको छ। सो समूहमा आरबी लाइपजिग, रेड स्टार बेलग्रेड र योङ ब्वाइज छन्। 

कस्तो रहनेछ शुक्रबारको मौसम?

कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भूभागमा हल्का वर्षा हुनेछ। 

पेट्रोल प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्यो, खाना पकाउने ग्यास प्रतिसिलिन्डर १८९५ पुग्यो

आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट बिहीबार आएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको जनाएको छ।

सुन तस्करी प्रकरण : सूचना संकलन गर्न सीआईबीको टोलीलाई भारत पठाइयो

बुधबार सुन प्रकरणबारे थप सूचना संकलन गर्न सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले बिहीबार भारतमा पनि टोली पठाएको छ।

रक्षामन्त्री खड्काको वीरेन्द्र सैनिक अस्पतालमा पोस्टेटको शल्यक्रिया

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार रक्षामन्त्री खड्कालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सुशासन कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी स्वार्थबाट माथि उठ्नुपर्छ : बालेन शाह

काठमाडौँ महानगर प्रमुख शाहले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सीडीओले नातावाद, कृपावाद र राजनीतिक प्रभावमा नपरी इमानदारीपूर्वक काम गरे शहरमा सुशासन ल्याउन सफल भइने बताएका छन्।

विदेश जानैपर्छ भन्ने नेपालीको मानसिकता फेर्न आवश्यक छ: अर्थमन्त्री  

अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा आईटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरेका छन्।

टिम डेभिड अस्ट्रेलियाको एक दिवसीय टोलीमा

अस्ट्रेलियाली क्रिकेट टोली छनोटकर्ता टोनी डोडामेडले टिम डेभिडको क्षमता हेर्न टोलीमा राखिएको जानकारी दिएका छन्।

जोहानेसबर्गस्थित अवैधानिक आप्रवासी रहेको भवनमा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ६३ पुग्यो

स्थानीय बोलिचालीमा अवैधानिक आप्रवासीहरुले गैरकानूनी रुपमा प्रयोग गरेका भवनलाई ‘हाइज्याक्ड’ भवन भन्ने गरिन्छ।

दक्षिण अफ्रिकास्थित आवासीय भवनमा आगलागी, २० जनाको मृत्यु

पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको हो। आगलागीको कारण खुल्न सकेको छैन।

पर्व

मनाइयो प्राइड परेडसँगै गाईजात्रा

नीलहीरा समाजको आयोजनामा र अमेरिकी दूतावासको सहयोगमा योनिक तथा लैंगिक अल्पसंख्यक समूहले २०औँ नेपाल प्राइड परेड र गाईजात्राको अवसरमा बिहीबार प्राइड परेड र प्राइड कन्सर्ट आयोजना गरेको छ। परेड दिउँसो १ बजे कर्मचारी सञ्चय कोषबाट शुरू भई टुँडिखेल मैदानमा गएर सम्पन्न भएको छ। नेपालको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने क्वियर समूहको नृत्य, कुटुम्ब ब्यान्ड, अभया एन्ड स्टिम इन्जिनस्, प्रकाश सपुत, सुबानी मोक्तान, एलिना चौहान, सुशान्त घिमिरे र वाङ्देन शेर्पालगायत कलाकारको प्रस्तुतिसहितको कार्यक्रम गरिएको थियो।

आईसीसी महिला टी–२० विश्वकप छनोट: नेपालद्वारा मलेसिया ५ रनले पराजित 

नेपालका कविता जोशी र कविता कुँवरले समान २/२ विकेट लिए। सीता रानामगरले सर्वाधिक ३८ रनको योगदान दिइन्।

झापामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

दुर्घटनामा भद्रपुर–९ का रुद्रप्रसाद न्यौपाने, दमक–१ का सुरेश राई र इलाम चुलाचुली– ४ का निश्चल चेमजोङ घाइते भएका छन्।

नेपालद्वारा मलेसियासामु ८५ रनको लक्ष्य प्रस्तुत

नेपालका सीता रानामगरले सर्वाधिक ३८ रनको योगदान दिइन्। उनी ५४ बलमा नटआउट रहिन्।

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु, २० बेपत्ता 

मनसुनजन्य घटनाबाट क्षति पुगेका पूर्वाधार पुनः स्थापना गर्न १० अर्ब ५५ करोडभन्दा बढी खर्च लाग्ने अनुमान प्राधिकरणले गरेको छ।

गाईजात्रा

मनाइयो सांस्कृतिक पर्व गाईजात्रा

सांस्कृतिक पर्व गाईजात्रा देशभर मनाइएकोको छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही खुवाउने चलन छ। यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

टोपे खोलामा बिहीबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।