प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित पारस खड्का यसअघि आफैँले उठाउँदै आएको परिवर्तनको प्रश्न अब आफैँमाथि आउने बताउँछन्।
सभामुख देवराज घिमिरेले विधायिका संस्थामा सांसदहरूले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन्।
परराष्ट्र मन्त्रालयले संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सालाई छिमेकी दुवै मुलुक र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने स्पष्ट पारेको छ।
बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयले प्रकाशित गरेको ‘विधागत पत्रकारिता हाते पुस्तक’ सार्वजनिक गरिएको छ।
अदालतमा अभियोग दर्तासँगै ललितानिवास जग्गा प्रकरण मत्थर भएको छ भने अहिले चीनले हालै जारी गरेको नक्सामा नेपालको ‘चुच्चे नक्सा’ले समेटेको भूभाग नपरेको विषय चर्चामा छ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
पारस खड्का २३ मत ल्याएर बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।
प्रधानमन्त्री दाहालले ललितानिवास प्रकरणबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि अब प्रश्न उठाउने ठाउँ नरहेको बताएका छन्।
बालसुधार गृहमा न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (यूसेप)को लापरबाही र प्रशासनको उदासीनताका कारण घटना भएको इन्सेकको अध्ययनको निष्कर्ष छ।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला कुराकानी हुने बताएका छन्।
पार्टीलाई सबल र सुदृढ बनाउनका लागि जनतासँग माओवादी अभियान लिएर जनताका घर–घरमा जाने लागेको प्रवक्ता अग्निप्रसाद सापकोटाको भनाइ छ।
होटल हिमालयमा सञ्चालन भइरहेकाे याे महाेत्सव भदाै १७ गतेसम्म तीन दिन चल्नेछ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु ढुंगानाले नीतिगतभन्दा पनि कतिपय व्यावहारिक समस्या भएको र त्यसलाई सम्बोधन गर्न विभाग तयार रहेको बताएका छन्।
बहराइनले दिएको ३२ रनको विजयी लक्ष्य नेपालले २.५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो।
भदौ १० गते बसेको न्याय परिषद् बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
बहराइनका कप्तान दीपिका रसांगिकाले सर्वाधिक ११ रन बनाइन्। नेपालका इन्दु बर्माले ३ र खुशी डंगोलले २ विकेट लिए।
पर्व
प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँजात्रा काठमाडौँस्थित बौद्धमा मनाइएको छ। विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा मनाइने ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वको जात्राको विधि मात्र पूरा गरेर सम्पन्न गरिएको हो। जात्रामा ६० केजी सुन प्रकरण, महानगरपालिकाले ठेला व्यापारीहरूलाई गरेको ज्याजतीको व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको थियो। विशेष गरी नेवार समुदायले मनाउन शुरू गरेको रोपाइँजात्रा अहिले देशैभरका विभिन्न स्थानमा मनाउने गरिन्छ। धान रोप्ने काम सकिएको खुशियालीमा जात्रा मनाइने गरिन्छ।
२०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण नाका बन्द गरिएको थियो।
थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न भन्दै सर्वोच्चले यसअघि नै अन्तरिम आदेश दिइसकेको छ।
आक्रमणका क्रममा धेरै धारिला हतियार जफत गरेको र धार्मिक सम्प्रदायका नेतासहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीले बताएका छन्।