समस्याग्रस्त शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका विभिन्न जिल्लामा सञ्चालित सात वटा सेवाकेन्द्र सिल गरी कागजात बरामद गरिएको सहकारी व्यवस्थापन समितिका सदस्य–सचिव केशव पौडेलले बताए।
रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पबाट घाइते भएकाहरूको उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भूकम्प प्रभावितलाई राहत वितरणमा अन्याय हुन नदिन महामन्त्रीको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति गठन गर्ने पार्टीले निर्णय गरेको जानकारी दिए।
अख्तियारले लुम्बिनी प्रदेशका तत्कालीन प्रदेशसचिव अधिकारीसहित चार जनाविरुद्ध गैरकानूनी लाभ तथा हानि पुर्याइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।
चेम्बरको विपद् व्यवस्थापन कोषअन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए।
सुपर ओभरमा नेपाललाई ११ रनले पराजित गर्दै ओमानले आईसीसी टी२० विश्वकप एशिया छनोटको उपाधि जितेको छ।
सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले अफगानिस्तानमा अवैध लागुऔषध उत्पादन अन्त्य गर्ने वाचा गरेका थिए।
सरकारले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगन्जलाई सहायक सम्पर्क कार्यालय तोक्ने निर्णय गरेको छ।
नेपालका लागि कप्तान रोहितकुमारले ५२ रन बनाए। ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
गुलशनले २० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका छन्।
जाजरकोट र रुकम पश्चिमका भूकम्प पीडितलाई सरकारले एकद्धार प्रणालीबाट मात्रै राहत वितरण गर्ने प्रधानमन्त्री दाहालले बताएका छन्।
भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका भूकम्पका घाइते बिरामी र बिरामीको कुरुवा तथा भेट्ने आफन्तका लागि निःशुल्क खानाको समेत व्यवस्था गरिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जित्दै नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्।
सरकारले सुर्खेतलाई केन्द्र बनाएर राहत वितरण प्रभावकारी बनाउनेसमेत निर्णय गरेको छ।
भूकम्पले जाजरकोट सदरमुकाम खलंगामा धेरै भौतिक क्षति पुर्याएको छ। बस्ती उदांगो देखिएका छन्। क्षतिको किन तथ्यांक नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन्।
वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी सहितको टोली जाजरकोट पुगेको हो। टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागले जनाएको छ।
भेरी अस्पतालमा शनिबार राति थप ६ जना बिरामी एम्बुलेन्सबाट उपचारको लागी पुगेका थिए। जसमा दुई जना भेरी नगरपालिका जाजरकोटका र चार जना सानिभेरी रुकुम पश्चिमका छन्।
जिपमा चालकसहित १० जना सवार थिए। घाइतेको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाल क्रिकेट संघले फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ।
भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो।