AnonymousUser

Logout

घरेलु मैदानको फाइदा लिन यमन र नेपालको खेल बेलुका ७ बजे : एन्फा

फिफा वरियतामा १५६औँ स्थानमा रहेको यमनसँग १७३औँ स्थानमा रहेको नेपालले मंसिर ५ गते खेल्ने तय छ।

आरती साह प्रकरण: हेडक्वार्टर तानिए धनुषाका एसपी खड्का 

आरतीको मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै उनका परिवार असार एक गतेदेखि माइतीघरमा धर्ना बसिरहेका छन्। 

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको ५० लाख र एकीकृत समाजवादीको २५ लाख सहयोग

प्रधानमन्त्री दाहालले खोज र उद्धारको पहिलो चरणको काम सम्पन्न भएको तथा अब राहत र पुनः निर्माणको दोस्रो चरणको काम द्रुतगतिमा हुने बताएका छन्। 

भूकम्पबाट मृत्यु हुनेको संख्या १५३ कायम, सोमबारको परकम्पमा १३ घाइते

सोमबार अपराह्न जाजरकोटकै रामीडाँडा केन्द्रबिन्दु भई गएको ५.८ म्याग्निच्युडको परकम्पबाट रुकुम पश्चिममा ११ र जाजरकोटमा दुई जना घाइते भएका छन्।

सुडान बाढीका कारण १६ लाख बालबालिका भोकमरीको जोखिममा: संयुक्त राष्ट्रसंघ

दक्षिण सुडानको उत्तरी भागमा पर्ने काउन्टीले सन् २०२४ अप्रिलसम्ममा भोकमरीको भयावह अवस्थाको सामना गर्नुपर्ने अनुमान गरिएको छ।

ढोरपाटनमा ट्याक्सी दुर्घटना, २ जनाको मृत्यु

दुर्घटनामा ढोरपाटन–२ पाखुटेका होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका अस्विन परियारको मृत्यु भएको छ।

गोरखाको स्तुल खोलामा बेलीब्रिज, आवतजावतमा सहज

पुल बनेपछि आरुघाट–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका बासिन्दालाई बजार आवतजावत गर्न सहज भएको छ।

विश्वकप क्रिकेट: बंगलादेशसँग श्रीलंका ३ विकेटले पराजित

जारी विश्वकपमा घरेलु टोली भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेका छन्।

पहाडी भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना

पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

नयाँ दिल्लीमा एक साता निजी सवारीसाधन चलाउन रोक लगाइने

दीपावलीका बेला वायु प्रदूषण अझै बढ्ने आकलन गर्दै नयाँ दिल्लीमा एक साताका लागि निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गरिएको छ।

क्षतिको सूक्ष्म अध्ययन गर्न भूकम्प प्रभावित क्षेत्रतर्फ लाग्यो विज्ञ टोली

सरकारले भूकम्पले पुर्‍याएको भौतिक क्षतिको सूक्ष्म अध्ययन गर्न १० जना विज्ञको टोली जाजरकोट र रूकुमपश्चिमतर्फ पठाएको छ।

गाँजाखेती सम्भाव्यता अध्ययन गर्न सरकारले बनायो कार्यदल

कार्यदललाई काम शुरू गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा. महतले निर्देशन दिए।

प्रधानमन्त्रीलाई रास्वपाको ध्यानाकर्षण : राहतमा प्राप्त चामल गोदाममै नकुहियोस्

रास्वपाले एकद्वार प्रणालीको नाममा सदरमुकामसहित सुगम ठाउँमा राहत थुप्रिने तर दुर्गमका वास्तविक प्रभावितले नपाउने विगतको कमजोरी नदोहोर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ।

टी२० विश्वकपमा पुगेको सिनियर टोलीलाई ५० लाख नगद दिने क्यानको घोषणा

क्यानले आईसीसी टी२० विश्वकपमा छनोट भएको नेपाली राष्ट्रिय टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ।

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध बनाउन सेती नदी फर्काइयो

जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ। समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ।

भाइटीकाको शुभसाइत कात्तिक २९ गते बिहान १०ः५१ बजे

कात्तिक २९ गते परेको भाइटीकाको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

राजस्व हिनामिनाको अभियोगमा पर्सा मालपोतका अधिकृतसहित १० जनाविरुद्ध मुद्दा

अख्तियारले राजस्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प

सोमबार अपराह्न जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको छ।

म्याथ्युज बने ‘टाइम आउट’ हुने पहिलो क्रिकेटर

श्रीलंकाका ब्याट्सम्यान एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने पहिलो खेलाडी बनेका छन्।

एकीकृत समाजवादीले भूकम्प प्रभावितका लागि २५ लाख दिने, राहत अनुगमन कार्यदल गठन

एकीकृत समाजवादीले भूकम्प प्रभावितका लागि पार्टीका कार्यकर्ताहरूबाट संकलन गरेर सरकारको कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने भएको छ।