सेनाको टोलीले जाजरकोटमा २३४ र रुकुम पश्चिममा २८४ घरबाट भग्नावशेष उत्खनन गरेर पीडितका आवश्यक सामग्री निकाल्ने काम गरेको छ।
ठेक्का सम्झौता गरेर समयमा काम पूरा नगरेको भन्दै कार्यालयले यसअघि ३० दिनभित्र लिखित जवाफ दिन भनेको थियो।
प्रधानमन्त्री दाहालको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे वाङसँग छलफल हुने बताइएको छ।
पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टालाई हालै ऊर्जासम्बन्धी ठेक्का प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ।
पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ।
हारको संघारमा रहेको अस्ट्रेलियाका लागि म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गर्दै अविजित २०१ रन बनाए।
प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको उल्लेख गर्दै जुनसुकै हदसम्म गएर भए पनि क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता जनाएका छन्।
गत वर्ष आफ्नी आमा महारानी एलिजाबेथ द्वीतीयको निधन भएपछि राजा बनेका चार्ल्स तृतीयले पहिलोपटक राजाको रूपमा संसदमा सम्बोधन गरेका हुन्।
राखेपले प्रतिखेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरेको छ।
सबै नेताहरूबाट संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति एकै खालको प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री दाहालको भनाइ छ।
भूकम्प प्रभावित क्षेत्रमा सुत्केरी, बालबालिका, वृद्धवृद्धा र अपांगता भएका नागरिकका लागि अस्थायी आवास, खाद्यान्न, लत्ताकपडा, औषधिको विशेष व्यवस्थापन गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
महासमिति बैठक पुस १६–१९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।
श्रीलंकाका ब्याट्सम्यान म्याथ्युज टाइम आउट नियममा आउट हुने पहिलो खेलाडी बने। अन्तर्राष्ट्रिय क्रिकेटको १४६ वर्षे इतिहासमा टाइम आउटका कारण खेलाडी आउट भएको यो पहिलो घटना हो।
सत्तारुढ दल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले रिगल प्रकरणको नैतिक जिम्मेवारी लिई आत्मालोचना र माफीसमेत नमागेको भन्दै दुःख व्यक्त गरेका छन्।
राखेपले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का लगाएको छ। फ्लड लाइट जडानपश्चात् मैदानमा राति पनि खेल आयोजना गर्न सहज हुने छ।
चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कानूनबमोजिम कारबाही नगरेसम्म आन्दोलन जारी रहने चिकित्सक डा. दीक्षान्त आचार्यले चेतावनी दिए।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरालाई केन्द्रबिन्दु बनाएर मध्यान्ह १२:५८ मा ४ म्याग्निच्युडको धक्का गएको हो।
युद्धविरामका लागि कतार, अमेरिका लगायत देश मध्यस्थता निभाउन लागिरहेका छन्। तर, हमासविरुद्ध बदलाभावमा उत्रिएको इजरायल भने युद्धविराम गर्ने लयमा देखिँदैन।
भूकम्पबाट ४७ वटा कक्षाकोठा, नौ वटा शौचालय, चारवटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ।
भेरी नगरपालिका–३ की भूकम्पपीडित ६३ वर्षीया शितली कामीले राष्ट्रपति पौडेलसँग गाँस, बास र कपासको प्रबन्ध गरिदिन आग्रह गरिन्।