AnonymousUser

Logout

उद्धार तथा राहतका लागि जाजरकोट र रुकुम पश्चिममा सरकारले तत्काल ५/५ करोड रुपैयाँ पठाउँदै

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षमा बसेको बैठकले उक्त रकम पठाउने निर्णय गरेको हो।

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रका ३६७ जनशक्ति परिचालन

सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरूमा विपद् उद्धारमा दक्ष जनशक्ति परिचालन गरेको छ भने अन्य युनिटहरूबाट समेत फौज परिचालनका लागि तयारी हालतमा राखिएको जनाएको छ।

भूकम्पका कारण ठाउँ–ठाउँमा पहिरो, आवतजावतमा समस्या

पहिरोका कारण रुकुम पश्चिमको कालेखोलास्थित सडकमा अवरोध भएको छ। यद्यपि, यसले घाइतेको उद्धारमा भने समस्या नभएको प्रहरीले जनाएको छ।

भूकम्प अपडेट: १३३ जनाको मृत्यु, १८५ घाइते

भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ। घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ। 

सेना भन्छ– प्रभावित क्षेत्रमा खोज र उद्धार तीव्र बनाएका छौँ, ४ मेडिकल टिम परिचालित छ

शनिबार एक विज्ञप्ति जारी गर्दै सेनाले रातिबाटै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको बताएको छ ।

जाजरकोट भूकम्प पीडितको राहत कोषमा कांग्रेसले ५० लाख दिने

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्तिमार्फत सहयोगको घोषणा गरेका हुन्। 

नालगाडका ७ घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

घाइतेको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

वीर र एपीएफ अस्पतालका १३ जना स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रतर्फ

रुकुम पश्चिमको भूकम्पमा परी घाइते भएकाको उपचार गर्न वीर अस्पताल र सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालका १३ जना स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको छ। 

जाजरकोट भूकम्पप्रति दुःख व्यक्त गर्दै मोदीले भने– सहयोग गर्न तयार छौँ

नेपाली जनताको दुःखको बेला साथमा रहेको र हरसम्भव सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ छ।

भूकम्प अपडेट: रुकुम पश्चिममा मृत्यु भएका ३६ मध्ये २७ को सनाखत

भूकम्पमा परेर मृत्यु हुनेमा धेरै बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

भूकम्पबाट जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ। 

भूकम्प अपडेट: जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको पुष्टि, १४० घाइते

भूकम्पबाट जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन्। 

सेनाको मेडिकल टिमसहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ

भूकम्प प्रभावितको खोज, उद्धार र उपचार व्यवस्थाका लागि नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री दाहाल त्यसतर्फ गएको उनको सचिवालयले जनाएको छ।

भूकम्प अपडेट: जाजरकोटमा उपमेयरसहित ३५ जनाको मृत्यु, ८ गम्भीर

२१ जना घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। ८ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लगिएको छ।

जाजरकोट भूकम्प: रुकुम पश्चिममा ३६ जनाभन्दा धेरैको मृत्यु

जाजरकोटको रामिडाँडा आसपासलाई केन्द्र बनाएर मध्यराती ६.४ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

नवनियुक्त मन्त्री उप्रेति नेकपा माओवादी केन्द्र र जवेगु नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य हुन्।

क्रिकेटको १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा

तीन प्रतियोगिताको पूर्वघोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।

उकालो साप्ताहिक ब्रिफिङ : रिगलको कैद मिनाहा बदर, सडक ताक्दै माओवादी र टी२० विश्वकप यात्रामा नेपाल

सर्वोच्चद्वारा गुन्डानाइके रिगल ढकाललाई कैद माफी मिनाहा दिने सरकारको निर्णय बदर, माओवादीको सडकमा ‘जनपरिचालन’ अभियान, सम्भावित साम्प्रदायिक तनावको सन्त्राससहित यो साता यी खबरले बनाए ‘हेडलाइन’।

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु 

गाउँ नजिकैको चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला डाँगीलाई बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले बताए।  

कांग्रेस एक ढिक्का भएर अघि बढेको सभापति देउवाको दाबी

कांग्रेस सभापति देउवाले संघीयतामाथिका छिटपुट गुनासालाई स्वाभाविक मानेका उल्लेख गर्दै संविधान कार्यान्वयनमा आएका समस्या समाधान गरेर अगाडि बढ्न सकिने बताए।