राजनीतिक दलहरूले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूको सहयोगका लागि जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
गोदावरी मेलामा आइतबार बिक्री हुने टिकटबाट संकलन भएको ५० प्रतिशत रकम जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई उपलब्ध गराइने भएको छ।
चीनले जाजरकोट भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ।
भूकम्पले घर भत्काउँदा उनीहरू भग्नावशेषमा पुरिए। समयमै उद्धार भएको भए ज्यान जोगाउन सकिने आफन्त बताउँछन्।
यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने समयमा आन्तरिक तथा बाह्य समस्याले अप्ठ्यारो पार्ने गरेको बताउँछन्।
अझै विस्तृत विवरण आउने क्रम जारी रहेको गृह मन्त्रालय अन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ।
सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन गरेको छ।
पार्टीको ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म आयोजना गर्न लागिएका पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो साढे तीन बजेसम्म जाजरकोट र रूकुमपश्चिममा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४३ पुगेको हो भने १६६ जना घाइते रहेको छन्।
लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गम्भीर घाइते भएका ७ जनालाई नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडाैँ ल्याइएको हो।
गृहमन्त्री श्रेष्ठले भूकम्पमा परी घाइते भएकाहरूको सम्बन्धित स्थानमै उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्दै खोजी, उद्धार र उपचारलाई प्रमुख नीति बनाएको बताए।
मानवअधिकार आयोगले भूकम्प प्रभावितलाई राहत एवं उद्धारमा जुट्न सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ।
बाँकेका अस्पतालमा उपचाररत घाइतेको उपचारका क्रममा आवश्यक पर्ने रगत अभाव हुनसक्ने आकलन गर्दै नेपालगन्जका युवाले स्वतःस्फूर्त रक्तदान अभियान चलाएका छन्।
भूकम्पमा परी घाइते भएका एक जनाको उपचारका लागि नेपालगन्ज ल्याउने क्रममा मृत्यु भएको छ भने भेरी अस्पतालमा उपचाररत दुईको अवस्था गम्भीर रहेको छ।
जाजरकोट र रूकुम पश्चिमका धेरै भौतिक संरचना क्षति भएका क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो।
प्रभावित क्षेत्रमा पाँच दिनका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिमसमेत उपलब्ध गराउने टेलिकमले जनाएको छ।