AnonymousUser

Logout

एउटै ब्रान्डको विद्युतीय गाडीलाई मात्र ट्याक्सी बनाउने नीति गलत: घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा ट्याक्सीका रूपमा जुनसुकै ब्रान्डका गाडी आए पनि ती सबैलाई सहमति दिन आवश्यक रहेको बताए।

चेल्सीका पूर्वस्ट्राइकर ड्रोग्बा नेपाल आउँदै

डिडियर ड्रोग्बाले आफ्नो संस्थामार्फत जाजरकोटका भूकम्पपीडितका लागि आर्थिक सहयोग गरेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।

रोजगारीका लागि इस्टोनिया पठाउने भन्दै ३४ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

इस्टोनिया जान ७ लाख रुपैयाँ लाग्ने र महिनाको डेढ लाख रुपैयाँ कमाइ हुने भन्दै पाँच जनाबाट ३४ लाख १३ हजार रुपैयाँ लिएर सम्पर्कविहीन थिए।

संघीय सरकारले प्रदेशका अधिकार हडपेको कोशीका मुख्यमन्त्रीको आरोप

मुख्यमन्त्री कार्कीले संघीय सरकारले कब्जा गरेर राखेका अधिकार प्रदेशमा ल्याउन सिंहदरबारमा धर्नाका साथै सर्वोच्च अदालतमा मुद्दा हाल्ने जिकिर गरे।

हङकङमा हुने शृंखलामा नेपाली टोलीको कप्तानी इन्दुले गर्ने

शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्ने छ। नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुँदै छ।

नेपाल एकीकरणपछिकै ठूलो कर्म ‘जनयुद्ध’ भएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री दाहालले जनताका तहबाट गरिएको ‘जनयुद्ध’को आधिकारिक र प्रमाणित व्याख्या हुन अझै बाँकी रहेको बताए।

६० लाख डलर बराबरको सुनको शाैचालय चाेरीको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर

सन् २०१९ को सेप्टेम्बरमा चोरी हुनुभन्दा अगाडि पूर्णरूपमा सञ्चालित उक्त शाैचालय प्रदर्शनीको लागि राखिएको थियो। पर्यटकहरूले शुल्क तिरेर ३ मिनेटका लागि शाैचालय प्रयोग गर्न पाउँथे।

एन्फाका अध्यक्ष नेम्वाङविरुद्वको अविश्वासको प्रस्ताव असफल

गत भदौ २५ गते एन्फा इतरपक्षले अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहसनोट पेस गर्न आदेश

सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले बहसनोट पेस गर्न आदेश दिएको छ।

मन्त्रिपरिषद्का सदस्यले १ महिनाको पारिश्रमिक भूकम्पपीडितलाई दिने

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्नेसमेत गरेको छ।

मूलपानी, भरतपुर र विराटनगरको रंगशालालाई गौरवको आयोजनाका रूपमा अघि बढाइने

क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले रंगशाला निर्माणलाई प्राथमिकता दिने निर्णय भएको मन्त्री शर्माको भनाइ छ।

अस्पतालमा खेलौनासँग भुलिरहेका विस्थापित प्यालेस्टिनी बालबालिका

फरा बकरले भत्किएको घरको भग्नावशेषबाट आफ्नो गुडिया खोजिन्। त्यसलाई नुहाइदिइन्, कपाल कोरिदिइन्। अहिले अस्पतालमा उनको प्यारो साथी त्यही गुडिया बनेको छ।

साल्ट ट्रेडिङले बढायो चिनीको कोटा

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा जनही २० बोरा चिनी दिन थालेको छ। यसअघि १० बोरा मात्रै दिने गरेको थियो। 

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

परीक्षामा एक लाख १७ हजार ८८२ विद्यार्थी सहभागी भएका थिए। जसमा ८८ हजार ९४७ ले ग्रेड प्राप्त गरेका छन्। 

रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

कैलालीको टीकापुर हत्याकाण्डमा तीनवटै तहका अदालतबाट दोषी ठहर भएका चौधरी सरकारको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी पाएर जेठ १५ गते रिहा भएका थिए। 

उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित

जाजरकोट भूकम्पका कारण उद्धार तथा राहतमा सक्रिय हुनुपरेकाले यूएई भ्रमण स्थगित गरेको उपप्रधानमन्त्री खड्काले जनाएका छन्।

भूकम्प प्रभावितका लागि मनोमरामर्शका कार्यक्रम सञ्चालन गर्न सुझाव

भूकम्पपछि सबै निकाय राहत वितरणमा मात्रै केन्द्रित भएकाले पीडितहरू मानसिक रूपमा पनि समस्यामा रहेको र त्यसतर्फ ध्यान दिन मनोविद् पूर्ण रावतको सुझाव छ।

जाजरकोट भूकम्पका कारण सिस्नुपानीले रोक्यो यस वर्षको देउसी

सिस्नुपानी नेपालले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोगस्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।

प्रधानमन्त्री र सीपीसीका तिब्बत सचिव वाङबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको सहकार्य र आपसी हितबारे छलफल भएको छ। 

जाजरकोट केन्द्रबिन्दु भएर पुनः भूकम्पको धक्का

बिहीबार बिहान ३:०६ बजे ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।