सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौतामा २०० देशले विश्वव्यापी तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कममा सीमित राख्ने प्रतिबद्धता जनाएका थिए।
सजाय माफीको निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कठायत बोहराले जेठ १६ गते सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्। उक्त रिटमाथी आज निर्णायक सुनुवाइ हुन लागेको हो।
१० जनामा सीमित म्यानचेस्टर युनाइटेड एफसी कोपनहेगनसँग ४–३ ले पराजित भएको छ। ३ अंक मात्र रहेको युनाइटेड समूहको पुछारमा छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
छायाँनाथ रारा नगरपालिकाको जातीय विभेद अन्त्य गर्ने नीतिअनुसार सम्मान गरेको नगर प्रमुख विष्णुकुमार भामले बताए।
प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको छ।
उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो।
एमालेको केन्द्रीय सचिवालय बैठकले मंसिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी अस्थायी घर टहरा बनाएर भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ।
राहत वितरणपछि पुनर्स्थापनाको काम शुरू नहुँदासम्म उनी सोही स्थानमै रहने उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेशको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक काम गर्न नसकेको बताए।
'नेपालको खाद्य उत्पादन ८–१० वर्षदेखि वृद्धि भएको छैन, तर जनसंख्या बढिरहेको छ। त्यसैले खाद्यवस्तु आयात गर्नुपरेको छ। हामी भने आफ्नै खेतबारीमा फल्ने बढी पोषणयुक्त कोदो, फापर छाडेर चामलतर्फ मोडिएका छौँ।'
आरती साहको न्यायका लागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले ऐक्यबद्धता जनाएको छ।
गोर्खा ब्रुअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
थ्री नट थ्री राइफलको गोली र गाँजासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महासंघका महासचिव रोशन पुरीले भूकम्पबाट दुईवटा सञ्चार संस्थाको भवन पूर्णरूपमा क्षति भएको जनाउँदै दर्जनौँ पत्रकारले बास गुमाएका बताए।
बुधबार शेयर परिसूचक नेप्से ५.१७ अंक (०.२४ प्रतिशत)ले बढेर एक हजार ८६३.९४ विन्दुमा पुगेको छ।
चीनले पीडितका लागि प्रदान गरेका ब्ल्यांकेट, टेन्टलगायत सामग्री चीनको छेन्दु विमानस्थलबाट दुईवटा विमानमार्फत बुधबार पोखरा विमानस्थलमा ल्याइएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष परुषोत्तम खनालले प्रणाली लागू भएको दुई दिनमा १५ सय भन्दा बढी डिभाइसहरू बन्द भइसकेको भन्दै अब एमडीएमएसस नरोकिने बताए।
अज्ञात अवरोधका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भएका छन्।
नेपाल रहेको समूह ‘ए’मा पाकिस्तानसँगै अफगानिस्तान र भारत पनि छन्।