जर्मनी अमेरिकापछि युक्रेनलाई सैन्य सहायता आपूर्ति गर्ने दोस्रो सबैभन्दा ठूलो मुलुक हो।
पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य कार्यालय, अतिविशिष्ट पदाधिकारीको निवास, मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा विरोध वा प्रदर्शनी गर्न निषेध गरिएको हो।
गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्व र नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिवको सहसंयोजकत्वमा समिति बनाएको हो।
यो साता ललितानिवासको जग्गामा राजनीतिक नेतृत्वलाई सफाइ कर्मचारी दोषी ठहर, समिट अपार्टमेन्ट अनुमतिबिनै धमाधम निर्माण, निकुञ्ज क्षेत्र नै व्यापारीलाई दिन प्रधानमन्त्रीको जोडबल सहितका खबरले ‘हेडलाइन’ बनाए
प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्यवन गरिने बताए।
प्रस्तावित नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा. अर्जुन कार्की मुलुकको समृद्धि र विकासका लागि विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन नहुने बताउँछन्।
म्युजिक फर हार्मोनीका लागि ‘कुटुम्ब’ तथा गायिका झुमा लिम्बू र ‘रैथाने’ ब्यान्डले पहिलो पटक सहकार्य गर्दै छन्।
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीले कर विभागले आफ्नो बैंकका खाता रोक्का गरिदिएको जनाएको छ।
सरोकारवालाले नेपालसहित विश्वभरका सरकारले नागरिक समाजको भूमिकालाई कम महत्त्व दिएको र खुलापन खुम्च्याउँदै लगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
दलले आफ्नो आय र व्ययको वास्तविक हिसाबकिताब देखिने तोकिएको ढाँचामा लेखा अभिलेख राखी बैंकमार्फत कारोबार गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०७७ पारित भएको छ।
योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एशिया कपमा पनि छनोट भएको छ।
सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले बताए।
उनीहरूले संसदीय सुनुवाइ के उद्देश्य प्राप्तिका लागि राखियो? भन्ने नै स्पष्ट नरहेको जिकिर गरेका छन्।
यस्तो विवाहलाई कानूनी मान्यता दिने ग्रीस पहिलो परम्परागत इसाई मुलुक हो।
शुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा पाराकाट्ने आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।
शव पूर्णरूपमा जलेका कारण पहिचान गर्न गाह्रो भएको अधिकारीहरूले बताएका छन्
महासंघले देशका विभिन्न भागमा भवितव्य रूपमा हुने गाडी दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि सरकारसमक्ष अनुरोधसमेत गरेको छ।
लेबनानले आफ्नो सैन्य कमान्डको मुख्यालयमा आक्रमण गरेपछि इजरायलले ठूलो जवाफी हवाई हमला गरेको हो।