AnonymousUser

Logout

जेलमै निधन भएका पुटिनका आलोचक नाभाल्नीको शव अझै पाएन परिवारले 

रुसी सरकारले नै नाभाल्नीको हत्या गरेको र प्रमाण नष्ट गर्नका लागि शव हस्तान्तरण नगरेको उनका समर्थकहरूको आरोप छ।

तनहुँमा जीप दुर्घटना:  १ जनाको  मृत्यु, ७ घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गए राति दुर्घटना भएको हो।

भारतद्वारा मौसम उपग्रह प्रक्षेपण, सटीक पूर्वानुमान गर्न मद्दत पुग्ने

इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन तथा मौसम पूर्वानुमान र प्रकोप चेतावनीको लागि डिजाइन गरिएको हो।

प्रिमियर लिगमा लिभरपुल र आर्सनलको फराकिलो जित

शनिबार ब्रेन्टफोर्डको घरेलु मैदानमा लिभरपुलले ४–१ को सहज जित निकालेको हो।

यस्तो छ आइतबारको माैसम पूर्वानुमान

आइतबार दिनभर कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ।

बचतकर्ताको बचतबाट लगेको ऋण कदापि मिनाहा हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री महतले लघुवित्त र सहकारीका माध्यमबाट गरिबीलाई शून्यमा झार्न, लघुउद्यम र स्वरोजगार बनाउन तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको बताए।

सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि रौतहटको ईशनाथमा कर्फ्यु

सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि रौतहट प्रशासनले  ईशनाथ नगरपालिकामा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

सगरमाथा क्षेत्र भ्रमणमा आएका बेलायती नागरिकको मृत्यु

सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ।

बागमतीका कानूनमन्त्री भन्छन्– देशको शान्ति र समृद्धिका लागि पहिचानसहितको संघीयता आवश्यक​​​​​​​

प्रदेशको सीमांकन र नामांकनमा विश्वव्यापी संघीयताको सिद्धान्तलाई अंगीकार नगरिएको बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको भनाइ छ।

रुसी विपक्षी नेता नभाल्नीको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग

संयुक्त राष्ट्रसंघ र विश्वका प्रमुख नेताहरूले पुटिन प्रशासनको प्रखर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा भएको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

‘जलवायु न्यायका लागि विश्वव्यापी वित्तीय व्यवस्थापनको पुन:संरचना आवश्यक’

देशहरूको आर्थिक अवस्था, विकास र कार्बन उत्सर्जनमा गरेको योगदानलाई संश्लेषण गरी वित्तीय व्यवस्थामा विकसित, विकासोन्मुख र अल्पविकसित देशहरूको भूमिकाबारे स्पष्ट पार्नुपर्नेमा विज्ञहरूले जोड दिए।

‘सरकारले दिगो विकास लक्ष्य हासिल हुने गरी बजेट व्यवस्था गर्न सकेन’

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपालमा सन्तुलित बजेट नहुनुका साथै काम गर्ने तौरतरिका पनि नभएको बताए।

प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौती : राष्ट्रपति

राष्ट्रपति पौडेलले मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता अनि वन्यजन्तु संरक्षण प्रत्यक्षरूपमा जोडिएको बताए।

अनिल र आशिफको अर्धशतकमा नेदरल्यान्ड्समाथि नेपालको ९ विकेटको जित 

नेपालका लागि अनिल शाह र आसिफ शेखले अर्धशतक पूरा गरे। आसिफ ४५ बलमा ५४ रन तथा अनिल ३६ बलमा ५७ रनसहित नटआउट रहे। 

जापानले गर्‍यो नयाँ पुस्ताको रकेटको सफल परीक्षण

दक्षिणपश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान ९ः२२ बजे एच–थ्री प्रक्षेपण गरिएको थियो।

धादिङमा बस र ट्रक ठोक्किँदा २० जना घाइते

घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ। तीन जनाको अवस्था गम्भीर छ। 

नेदरल्यान्ड्सले नेपाललाई दियो १३८ रनको लक्ष्य

नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले १–१ विकेट लिए। 

नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल 

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईंले करण केसी र पवन सर्राफलाई बेन्चमा राख्दै दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएका छन्। 

६ मुहानबाट संकलन गरेर गाउँमा खानेपानी, २३८ परिवार लाभान्वित

आयोजना निर्माण गर्न दुई करोड १२ लाख रुपैयाँ खर्च भएको छ। जसमा उपभोक्ताले ५२ लाख ६३ हजार बराबरको श्रमदान गरेका छन्। 

कलेजो प्रत्यारोपण सर्जन भण्डारीले ल्याए ‘कसरी भनूँ म’

चिकित्सा पेसासँगै संगीतमा रुचि राखिरहने डा. भण्डारीले आफ्नै शब्द र स्वर समेटिएको ‘कसरी भनूँ म’ बोलको गीत भिडियोमार्फत् सार्वजनिक गरेका हुन्।