आठौँ संस्करणको स्वर्गीय कृष्णध्वज स्मृति टेबुल टेनिस प्रतियोगिता आगामी फागुन १३ गतेदेखि हुने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनता अझ बढी खुम्चिने या दुर्घटनामा पर्ने खतरा कायमै रहेको बताएका छन्।
नामिबियाले दिएको १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा प्रधानमन्त्रीले नागरिकलाई झुक्याउने काम गरेको थापाले आरोप लगाएका छन्।
विभागीय टोली एपीएफ क्लबका पार्कीले २०८० मंसिर ९ गते सम्पन्न नवौँ संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जितेका थिए।
गाजाका विभिन्न भागबाट भागेर आएका प्यालेस्टिनीहरू रफाह क्षेत्रमा शरण लिएर बसेका छन्।
लघुवित्तमा देखिएका विकृति विसंगतिलाई अन्त्य गर्ने, लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवाउद्यमी बनाउन सहयोग गर्ने लगायत बुँदा घोषणापत्रमा समेटिएका छन्
रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुपर्नेमा पनि प्रधानमन्त्री दाहालले जोड दिएका छन्।
सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरूले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन्।
गृह मन्त्रालयले सोमबार आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रवेश निषेध गरिएको हो। सोको विरोध गर्दै पत्रकारहरूले 'क्यामेरा डाउन' गरेका छन्।
पपुवा न्यु गिनीको दुर्गम पहाडी क्षेत्रमा भएको आक्रमणमा परी ६० जना भन्दा धेरैको मृत्यु भएको छ।
महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुनेछ।
बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएका खेलमा म्यानचेस्टर युनाइटेड र ब्राइटन विजयी भएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि बताएका छन्।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका माओवादी केन्द्रका नेता रेवतराज पुरीलाई चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ।
पर्व
काठमाडौँ– लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्षमा उत्रिएका करिब ३ हजार पीडितहरू काठमाडौँमा आइपुगेका छन्। अन्य पीडित आउने क्रम जारी रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष मनीराम ज्ञवालीले जानकारी दिए। \r\n\r\nएक हजारभन्दा बढी पीडितहरू करिब ६ दिन लगाएर लघुवित्त तथा वित्तीय शोषणविरुद्ध पैदल यात्रा तथा विरोध प्रदर्शन मुग्लिङबाट काठमाडौँ आइपुगेका हुन्। सरकारले समिति बनाएर केही काम नगरेकोमा पुनः सरकारलाई झकझकाउन आन्दोलन गर्न आएको बर्दियाका पीडित जीवन सुनारले बताए। मुग्लिङबाट हिँडेका उनीहरू ६ दिनमा शनिबार साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बसेका थिए। आइतबार उनीहरू थानकोटबाट र्याली प्रदर्शन गर्दै कलंकी हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन शुरू गर्न केन्द्रीय अध्यक्ष ज्ञवालीले जानकारी दिए।\r\n\r\nउनीहरूले नवसामन्तीको रूपमा स्थापित लघुवित्त तथा वित्तीय संस्थाहरू खारेज गर्न, लघु वित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न, भूमिहीन तथा वित्तीय शोषणका पीडितहरूलाई मुआब्जाको व्यवस्था गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने माग अघि सारेका छन्। तस्वीर– फोटो लाइब्रेरी
बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा एकीकृत समाजवादीले निर्णय लिने भएको छ।
लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ।