AnonymousUser

Logout

मधेश प्रदेशका मुख्यमन्त्री यादवले तेस्रो पटक लिए विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिएका छन्।

दूरसञ्चार प्राधिकरण अध्यक्षमा भण्डारी र आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

सञ्चारमन्त्री शर्माले एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको पनि बताइन्।

मेलम्ची खानेपानी आयोजना अनियमिततामा शर्मा, ठाकुर र उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुर २ विदेशी परामर्शदाता र विदेशी निर्माण व्यवसायीसहित १८ जनालाई विपक्षी बनाएर फरक-फरक बिगो माग गर्दै आरोपपत्र दायर गरिएको जनाएको छ।

सांसद भन्छन्– मन्त्री ज्वालाले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ

सांसदले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने, उनले त्यसो नगरे प्रधानमन्त्रीले हटाउनुपर्ने बताएका छन्।

'सत्तारुढ पार्टीको सांसद भए पनि हामी विपक्षीकै भूमिकामा छौँ'

'गठबन्धन गर्नेहरूले त्यसको औचित्य पुष्टि गर्न जनताको पक्षमा काम गरेर देखाउन सक्नुपर्थ्यो। नेतृत्व अझै गठबन्धनको पक्षमा किन छ भने उनीहरूका निम्ति सत्ता नै प्रधान हो र गठबन्धन नगरी सत्तामा जान सकिँदैन।'

अन्तर्देशीय सीमा नदीको विषयलाई समुदायस्तरमा लैजान माग

अन्तर्देशीय नदी क्षेत्र व्यवस्थापनविज्ञ राजन सुवेदी नदीको संरक्षण र व्यवस्थापन टाढाको सरकारभन्दा प्रत्यक्ष प्रभावित समुदायले प्रभावकारी रूपमा काम गर्नसक्ने भएकाले उनीहरूलाई जिम्मा दिनुपर्ने बताउँछन्।

नभनीत र निखिलको अर्धशतकमा नेपाल ‘ए’माथि क्यानडाको जित

नभनीत धालिवाल र निखिल दत्तको अर्धशतकप्रेरित क्यानडा ११ ले एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश स्वीकृत

अध्यादेशमार्फत ऐन संशोधन गर्दै बजेट क्यालेन्डरसम्बन्धी नयाँ व्यवस्था ल्याइएको थियो। जसअनुसार सरकारलाई बजेटका सिद्धान्त तथा प्राथमिकता फागुन १५ गतेभित्रै संसद्मा पेस गर्न बाटो खुलेको थियो।

नेप्से दोहोरो अंकले घटेर २०३४.८२ को बिन्दुमा सीमित

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। यो कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

सांसद भन्छन्– बैंकिङ कसुर तथा सजाय संशोधन विधेयक समयानुकूल हुन सकेन

सांसदले विधेयकमा डिजिटल भुक्तानीको विषय समेटिनुपर्नेमा जोड दिएका छन्।

एमालेको प्रश्न– अर्थतन्त्र सीमित घरानामा केन्द्रित हुँदा संविधानको संकल्प कसरी पूरा हुन्छ?

एमालेले एउटै पारिवारिक स्वामित्वमा वित्तीय संस्था र व्यापार–उद्योग हुँदा आगामी दिनमा मुलुकको अर्थतन्त्रको भविष्य जोखिमपूर्ण हुने अवस्था देखिएको बताएको छ। 

सिंहको नाम ‘अकबर’ र ‘सीता’, उच्च अदालतमा पुग्यो मुद्दा

उत्तर बंगाल वाइल्ड एनिमल पार्कमा भाले सिंहको नाम अकबर र पोथी सिंहको नाम सीता राखिएको छ। जसलाई लिएर विश्व हिन्दू परिषद् अदातसम्म पुगेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन समितिमा

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।

विभेदमा परेका समुदायका अधिकार संरक्षणका लागि कानून निर्माण गर्दैछौँः प्रधानमन्त्री

उनले थारू समुदायलाई छुट्टै आरक्षणको व्यवस्थासहितको राष्ट्रिय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरिसकिएको पनि बताए।

चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउन गुरुयोजना संशोधन गरिने

प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताएका हुन्।

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही गरिन्छः प्रधानमन्त्री

उनले यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गर्ने पनि बताए।

बालकुमारी घटना: मन्त्री ज्वालालाई कारबाही गर्न रास्वपा र एमालेको माग

बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छः प्रेम सुवाल

प्रतिनिधिसभामा बोल्दै सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई सफाइ दिन नहुने बताएका छन्।

समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले संयोजकमा चन्दलाई तोकेको हो।

‘जंगबहादुरले तामाङलाई करार गरेको मासिन्या फरक स्वरूपमा कायम छ’

'राज्य विस्तारपछि गणतन्त्रसम्म आइपुग्दा थुप्रै सत्ता र शासकहरू बदलिँदै गए। तर तामाङ जातिमाथि बलजफ्ती थोपरिएको मासिन्याको धङ्धङी कायम रह्यो जस कारण तामाङ लोकजीवन चरम उत्पीडनको निशानामा परिरह्यो।'