घरमा बिरालो र कुकुरहरूको हेरचाह र ध्यानबाट उत्पन्न हुने द्वन्द्वका कारण सम्बन्ध विच्छेद हुने गरेको छ।
सरस्वतीलाई विद्या र बुद्धिकी देवी मानिन्छ, जसको कारण यस दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ।
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल मेड्रिड र म्यानचेस्टर सिटीले जित दर्ता गराएका छन्।
दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।
यसअघि घोषित टोलीबाट अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन्।
दुई देशबीच प्रमुख व्यापार र यातायात मार्गमा फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री मोदीले बुधबार हिन्दू मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ।
वसन्त पञ्चमीका दिन विवाह, व्रतबन्ध तथा बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कने लगायतका ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको सडक विस्तार योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए।
सामुदायिक रेडियोकर्मीले समुदायको सुखदुःखको साथीका रूपमा रहेका सामुदायिक रेडियोको प्रवर्द्धनमा सरकारले रचनात्मक सहयोग नगरेको गुनासो गरेका छन्।
पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियल र यूएई दिरामसहित दुई जनालाई पक्राउ गरेको छ।
एमाले अध्यक्ष ओलीले पछिल्ला गतिविधिले माओवादी सशस्त्र द्वन्द्व सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै थियो भन्ने स्पष्ट भएको बताए।
मंगलबार बोटलर्स नेपाल, समाज लघुवित्त वित्तीय संस्था र सुपर माई हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
नेता कोइराला राजनीतिक मुद्दा बनाएर संक्रमणकालीन न्यायसम्बन्धी कानून बनाउँदा अन्तर्राष्ट्रियस्तरमा देशको छवि राम्रो नबन्ने बताउँछन्।
फोहोरको वर्गीकरण, व्यवस्थापन र ढुवानी पूर्वतयारीमा अस्पतालको कमजोरी देखिएपछि अनुगमन टोलीले फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिएको काठमाडौँ महानगरले जनाएको छ।
‘नेपालीहरू विदेशमा आइसकेपछि ‘ओहो, मैले गल्ती गरेँ कि क्या हो!’ भनेर सोच्ने रहेछन्। ४०/५० वर्षका मान्छेमा त्यो सोचाइ झन् बढी हुने रहेछ। त्यति बेला नेपालमा रहेका बाआमा पनि बुढाबुढी भइसकेका हुन्छन्।’
नेपालले दिएको २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १३.५ ओभरमै सबै विकेट गुमाएर जम्मा १३ रनमा समेटियो।
मधेश प्रदेशका रौतहट, बारा र सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदायको बाक्लो उपस्थिति रहेको छ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य दिएको छ।