पछिल्लो केही वर्ष यता उखुको भुक्तानीमा समस्या नभएको र मूल्य पनि बढेकाले उखु खेतीतर्फ किसानहरू पुनः लोभिएका हुन्।
गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताउँछन्।
नव मिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव फागुन १२ गतेसम्म राममन्दिर पार्कमा हुनेछ।
युलिया नाभेलनायाले सोमबार पुटिनको शक्ति विरुद्ध आफ्नो पतिको लडाइँ जारी राख्ने घोषणा गरेकी हुन्।
मन्दिरका पुजारी महन्त काशीदास उदासीले पत्रकार सम्मेलनमार्फत घटना उजागर गरेपछि सो विषय बाहिरिएको हो।
आउँदो वर्ष चिकित्सा क्षेत्रमा कोटा थप गर्ने सरकारको योजनाको विरोधमा चिकित्सकहरूले राजीनामा बुझाएका हुन्।
सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको जित निकाल्दै मधेश दोस्रोपटक च्याम्पियन बन्न सफल भयो।
मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्।
चार डंगर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन्।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।
प्रधानमन्त्री दाहालले शैक्षिक क्षेत्रमा गुणात्मक सुधार ल्याउन विश्वविद्यालयहरूमा दण्ड–पुरस्कार र मेरिटोक्रेसीमा जोड दिइएको बताए।
नेपाल तेक्वान्दो संघले मार्च १५ देखि १७ सम्म चीनको ताईयाङ शहरमा आयोजना हुने एशियाली छनोट प्रतियोगितामा सहभागी हुन खेलाडी छनोट गरेको हो।
बस्तीमा चितुवा र जंगली हात्तीको बथान देखा पर्न थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीय त्रसित छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको बडोदा र गुजरातसँग फ्रन्डसिप कप टी२० प्रतियोगिता खेल्ने भएको छ।
पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ।
कांग्रेस सभापति देउवाले देशको सार्वभौमिकता, सार्वभौम सत्ता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति, संक्रमणकालीन न्यायजस्ता विषयमा सबै राजनीतिक दलबीच समान धारणा हुनुपर्ने बताए।
वीरगन्जमा आयोजित विरोध जुलुसका क्रममा दुई पक्षबीच विवाद र झडप भई सर्वसाधारणको सुरक्षामा जोखिम एवं शान्ति भंग हुने स्थिति देखिएकाले कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पर्वतमा स्याउ उत्पादनका लागि अनुकूल वातावरण भए पनि अहिलेसम्म कसैले चासो नदेखाएको कृषक शेरपुजाको भनाइ छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले असफलसिद्ध व्यक्तिलाई त्रिविको उपकुलपतिमा नियुक्त गर्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।