AnonymousUser

Logout

भजन शिरोमणि आचार्यको आर्यघाटमा अन्त्येष्टि

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

फोटो प्रदर्शनीमा सन् १९५० दशकको पश्चिम नेपाल

टोनी हेगनले खिचेका पश्चिम नेपालको सन् १९५० को दशकका तस्वीरहरू प्रदर्शनीमा राखिएका छन्। हेगनकी छोरी क्याथ्रिन पिताको संकलनमा रहेका फोटोहरू दुई वर्षको समयावधिमा खोजेर प्रदर्शनीमा ल्याएको बताउँछिन्।

रुसले ६ महिनासम्म पेट्रोल निर्यात नगर्ने

स्थानीय माग बढ्दै गएपछि रुसले अर्को सातादेखि ६ महिनासम्म पेट्रोल निर्यातमा रोक लगाउने भएको छ।

गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको प्रभावकारी अनुसन्धान गर्न अख्तियारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले गैरआर्थिक भ्रष्टाचारजन्य क्रियाकलापको प्रभावकारी अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

श्रद्धाञ्जली

भजन शिरोमणिलाई अन्तिम श्रद्धाञ्जली 

भजन शिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली दिएका हुन्। लामो समयदेखि अस्वस्थ आचार्यको सोमबार ८१ वर्षको उमेरमा निधन भएको थियो।

विश्वविद्यालय थप्ने कि भएकालाई नै राम्रो बनाउने भन्नेमा सांसदहरूबीच मतान्तर

शिक्षा समितिको बैठकमा नयाँ विश्वविद्यालय थप्दै जाने कि भएका विश्वविद्यालयलाई गुणस्तरीय र व्यवस्थित बनाउने भन्नेमा सांसदहरूबीच मतान्तर देखिएको छ।

टेरामक्स खरिद प्रकरणमा बयान सकियो, केही समयभित्रै नतिजा आउँछ : अख्तियार प्रमुख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिद प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेकाले केही समयभित्रै नतिजा आउने बताएका छन्।

दुई हजार विन्दुभन्दा माथि उक्लियो नेप्से परिसूचक

मंगलबार बोटलर्स नेपाल बालाजु र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

ह्वेलले कसरी गीत गाउँछन्, वैज्ञानिकले पत्ता लगाए रहस्य

वैज्ञानिकहरूका अनुसार ह्वेलहरू एकअर्कासँग सञ्चार गर्न र समुद्रको गहिराइ र अन्धकारमा एकअर्कालाई भेट्टाउन आफूले निकाल्ने आवाजमा निर्भर हुन्छन्।

दिवंगत संगीतकार आचार्यको उपचारमा लागेको खर्च बेहोर्न सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

दिवंगत भक्तराज आचार्यले गीत, संगीतका क्षेत्रमा पुर्‍याएको योगदान अजर अमर रहिरहने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ छ।

एक गाग्री पानी ल्याउन डेढ घण्टा

खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक–विद्यार्थीसमेत समस्यामा परेका छन्। पानीको अभावका कारण रक्से बजार सरसफाइमा समेत बाधा पुग्ने गरेको छ।

नेपालले पराजयबाट शुरू गर्‍यो टी२० शृंखला

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १८६ रन मात्रै बनाउन सक्यो।

राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने माओवादी नेताहरूको धारणा

स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने मत राखेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

बाइडेनले भने– आगामी सातासम्ममा इजराइल–हमास युद्धविराम हुनसक्छ

युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ।

नामिबियाले नेपाललाई दियो २०७ रनको बलियो लक्ष्य, लोफ्टीको कीर्तिमानी शतक

नामिबियाका लागि जान निकोल लोफ्टी इटनले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा शतक प्रहार गरे। इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान पनि तोडेका छन्।

तत्कालीन सेन्चुरी बैंकका  पूर्वसीईओद्वय न्यौपाने र गौतम पक्राउ

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रूपमा कर्जा प्रवाह भएको भेटिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

मरियम शरीफ बनिन् पाकिस्तानको पन्जाब प्रान्तकी मुख्यमन्त्री

पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियमले सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्रीमा निर्वाचित भएकी हुन्।

बाजुरामा सर्वपक्षीय बैठक: चामल आपूर्ति बढाइने, ढुवानी व्यवस्थित गरिने

संस्थानले केही रुपैयाँ सहुलियत दरमा दिने गर्दा स्थानीयले खाद्यान्नकै चामल रोज्ने गरेका छन्। बजारमा मोटा चामल ६२ देखि ६४ रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदा खाद्य संस्थानमा ५९ रुपैयाँ छ। 

उपत्यकाका उपप्रमुखले स्थानीय सरकार सञ्चालन ऐन संशोधनबारे साझा धारणा बनाउने

उपप्रमुखहरूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयक सबै पालिकामा नपुगेको जनाउँदै तत्काल पुर्‍याउनसमेत मन्त्रालयसँग माग गरेका छन्। 

बुरुन्डीमा आतंकवादी आक्रमण: ९ जनाको मृत्यु

आक्रमणमा पाँच जना घाइते भएका छन्। विद्रोहीहरूले सत्तारुढ पार्टीको कार्यालयलाई पनि निशाना बनाएका थिए। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।