कालीगण्डकी निरन्तर दोहन हुँदा बर्खामा पानीको बहाव बस्तीसम्म पुग्ने गरेको थियो। तटबन्ध निर्माणपछि मालढुंगाको तटीय क्षेत्रका बस्ती, प्रहरीचौकी, लक्ष्मीनारायण मन्दिरलगायत संरचना जोगिने छन्।
बैठकमा उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले पेस गरेको प्रतिवेदनमा छलफल गर्न चार समूह बनाइएको सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले बताए।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले नामिबियासँगको खेलमा एक परिवर्तन गरेका छन्। उनले गुल्शनकुमार झाको स्थानमा करण केसीलाई टोलीमा समेटेका छन्।
विशेष अदालतको फैसलासँगै ललितानिवास क्षेत्रको जग्गा सरकारी भएकाले व्यक्ति, कम्पनी तथा संघसंस्थालाई उक्त क्षेत्रबाट हट्न महानगरले अनुरोध गरेको छ।
राति, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
अल्जेरियाले तयार गरेको प्रस्तावमा गाजामा तत्काल मानवीय युद्धविरामको माग गरिएको छ। अमेरिकाले अल्जेरियाको प्रस्ताव स्वीकार्य नभएको भन्दै ‘भिटो’ प्रयोग गर्ने धम्की दिएको छ।
कांग्रेस महासमिति बैठकमा पाँच वटा प्रतिवेदन पेस भएका छन्। यी प्रतिवेदनमाथि बुधबारदेखि छलफल हुने भएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको बताए।
सत्तारुढ दल नेपाली कांग्रेस महामन्त्री थापाले संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनर्स्थापित गर्नुपर्नेमा जोड दिए।
सत्तारुढ दल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले गठबन्धनभित्रै विश्वास जगाउन नसकेको टिप्पणी गरेका छन्।
दुष्प्रचार गर्ने कार्यका पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोवरवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।
मन्त्रिपरिषद् बैठकले नेपाल र श्रीलंकाबीच अफिसियल राहदानी वाहकलाई भिसा आवश्यक नपर्ने विषयको सम्झौता स्वीकृत गर्ने र हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ।
क्यानडा ११ ले दिएको २४१ रनको लक्ष्य नेपाल ‘ए’ले २ विकेट बाँकी छँदै ४९.१ ओभरमा पूरा गरेको हो। नेपाल ‘ए’का लागि सन्दीप जोराले सर्वाधिक ६६ रन बनाए।
महानगरको माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार क्षेत्रलगायत मुख्य चोक तथा गल्लीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
एमाले अध्यक्ष ओलीले पीडितलाई मन्जुर हुनेबित्तिकै टीआरसी विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको बताए।
सर्वोच्च अदालतले ‘भीभीआईपी’को सवारीका नाममा सडकमा व्यवधान नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ।
जापानले उपाध्यक्ष श्रेष्ठलाई यस मञ्चको अध्यक्ष चयन गर्न प्रस्ताव गरेको थियो। उनलाई बांग्लादेश र श्रीलंकका प्रतिनिधिले समर्थन गरेका थिए।
सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएको ईपीएस कोरिया शाखाले जनाएको छ।
दुबईबाट आएका ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई प्रहरीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।