AnonymousUser

Logout

सन् २०२२ मा घाटामा रहेका श्रीलंकाका ५२ सरकारी लगानीका व्यवसाय नाफामा 

घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएका छन्।

मिटरब्याज पीडितहरूको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताएका छन्।

लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्न एमालेको संकल्प प्रस्ताव

नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयमा एकसाथ तीन वटा संकल्प प्रस्ताव दर्ता गरेको छ।

माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै विरोध प्रदर्शन (तस्वीरहरू)

माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

२ हजार अंकमा रोकियो शेयर बजार, २ अर्ब ३ करोडको कारोबार

बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ को विन्दुमा कायम भएको हो।

विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ।

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ।

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–७ मा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ।

कोशी प्रदेशमा बढ्यो गाँजा ओसारपसार, माघयता २ हजार किलो बरामद

पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ।

सावित्रा भण्डारीले जोर्डनविरुद्ध फाइनल नखेल्ने

एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै सावित्राले जोर्डनविरुद्ध फाइनल नखेल्ने जनाएको छ। प्रतियोगिताको फाइनल बिहीबार हुनेछ।

प्राडा मिश्रको ‘नेपालको इतिहासका केही रोचक प्रसंगहरू’ बजारमा

इतिहासकार प्राडा तीर्थप्रसाद मिश्रले यो पुस्तकमा लिच्छविकाल र मल्लकालदेखि राणा शासनसम्मका रोचक घटना उल्लेख गरेका छन्।

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, प्रदेश इन्चार्ज पनि तोकियो

बुधबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन पनि टुंग्याएको छ। नेताहरूलाई प्रदेश इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोकिएको हो।

सरकारी ओहोदामा रहेकाले भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिनुपर्छ: ओली

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्ने पक्षमा रहेकोसमेत बताएका छन्।

नेदरल्यान्ड्सविरुद्ध टस जित्दै नेपाल फिल्डिङमा 

नेपाल पहिलो जितको खोजीमा छ। मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

प्रधानन्यायाधीश उद्घाटन र अनुगमनमा व्यस्त, संवैधानिक निकायका ५२ पदाधिकारीको मुद्दा फेरि सर्‍यो

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बुधबार प्रधानन्यायाधीश उपत्यका बाहिर भएका कारण इजलास गठन नभएको जानकारी दिए। सुनुवाइ सरेको यो रिट अब कहिले पेसी चढ्छ भन्ने टुंगो छैन।

नदी सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’पर्व

लोप हुँदै गएको यो पर्व नेपाल माझी उत्थान संघले २०५५ सालमा सिन्धुलीको मरिन खोलामा पूजा गरेर मनाउन थालेको थियो।

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

वाफ महिला च्याम्पियनसिप: उपाधिका लागि नेपाल र जोर्डन भिड्ने

नेपालको जितमा साबित्रा भण्डारी र प्रीति राईले गोल गरे। प्रीतिले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै नेपाललाई फाइनल पुर्‍याइन्। 

विरोध

मिटरब्याजीविरुद्ध खाली खुट्टा पैदल मार्च

मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रिएकाहरूले मंगलबार खाली खुट्टा पैदल मार्च गरेका छन्। उनीहरूले मंगलबार काठमाडौँमा खाली खुट्टा विरोध प्रदर्शन गरेका हुन्। भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा शुरू गरेर भद्रकाली- शहीद गेट, सुन्धारा हुँदै शान्तिवाटीका पुगेर कोणसभा गरे। 

रुस–युक्रेन युद्धमा मृत्यु भएका नेपालीको शव ल्याउन र क्षतिपूर्ति दिलाउन सरकार गम्भीर छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले रसियन सेनामा भर्ती भई ज्यान गुमाएका नेपालीको शव ल्याउनेदेखि परिवारलाई उचित क्षतिपूर्ति दिलाउने विषयमा सरकार गम्भीर रहको बताएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।