महासमिति सदस्यले कांग्रेसले युवा पलायनलाई रोक्न रोजगारीका अवसर बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्नेलगायत सुझाव दिएका छन्।
युरोपेली च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पोर्टोले आर्सनललाई १–० ले पराजित गरेको छ।
दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली नै रहनेछ। कोशी र मधेशलगायत पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
पार्टीभित्र अनुशासन, आचरण, विधि र कार्यपद्धतिलाई कडाइका साथ पालना तथा माथिल्लो तहबाटै शुद्धीकरण गर्न समूहगत छलफलमा आवाज उठेको छ।
सर्वोच्चबाट पुनरावेदन नभएको पत्र प्राप्त भएसँगै उपाध्यक्ष दावा लामालाई पक्राउ गर्न प्रहरीलाई पनि बाटो खुलेको छ।
कोशी प्रदेशका जिल्ला सभापतिहरूले त्यहाँ भएको पहिचानको आन्दोलनको विषयबारे उठान गरेका छन्।
आगलागीबाट कच्चा पदार्थसहित तीन वटा पुराना मेसिनहरू जलेर नष्ट भएका छन्। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
विभिन्न सात वटा संवैधानिक आयोगले विज्ञापन रद्द गरी पुनः विज्ञापन आह्वान गर्न ध्यानाकर्षण गराएका छन्।
७ महिनाको अवधिमा सरकारले भन्सारतर्फ २ खर्ब ३६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ।
प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।
पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरू विदेश पलायन भइरहेको पनि बताए।
विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौँ आएका लघुवित्त पीडितहरूले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन्।
अमेरिकाको यस कदमको चौतर्फी विरोध भएको छ। चीनले पनि अमेरिकाको यस कदमले विश्वव्यापी रूपमा गलत सन्देश प्रवाह हुने टिप्पणी गरेको छ।
पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको थियो। जितसँगै ३ खेलबाट ४ अंक जोडेको नामिबिया तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ।
चौरपाटी गाउँपालिका–५ लुंग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेर जिप दुर्घटना भएको छ।
मल्लले बुधबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र लेख्दै फागुन ३ देखि ६ गतेसम्म बसेको कार्यसमिति बैठकको निर्णय नम्बर ४ र ५ मा असन्तुष्टि जनाएका छन्।
पार्टीबाट हुने राजनीतिक नियुक्ति वा लाभको पद समानुपातिक प्रतिनिधित्वको अवसर एक पद एक तह, एक पटक मात्र प्राप्त हुनुपर्ने साझा धारणामा समेटिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको छ। नेपालका आशिफ शेखले ६४ बलमा ८ चौका र १ छक्कासहित ५८ रन बनाए।
परिस्थिति र आवश्यकताका आधारमा निषेधाज्ञालाई खुकुलो खुकुलो बनाउँदै लगिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए। अहिले वीरगन्जको अवस्था सामान्य छ।