प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक व्यक्तिलाई बचाउन सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन्।
कांग्रेस महासमिति बैठकमा प्रदेश सभापतिहरूले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको महासमिति बैठकमा पेश भएका चारवटै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका छन्।
४० वर्षीय अल्भेसले स्पेनिस क्लब बार्सिलोनाका लागि ४०० भन्दा धेरै पटक खेलेका छन्। उनी ब्राजिलको २०२२ को विश्वकप टोलीमा पनि थिए।
प्रतिकूल मौसमका कारण काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।
कारोबार भएका कुल १३ उपसमूहमध्ये बिहीबार दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन्।
किसान संगठनहरूले दूधको बक्यौता रकम तत्काल भुक्तानी गर्न, किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
नेपाल ‘ए’सँगको तीन खेलको एक दिवसीय श्रृंखला क्यानडा ११ ले २–१ ले जितेको छ।
कास्कीको भिडावारीमा बन्ने भनिएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाको ‘ड्रिम प्रोजेक्ट’ एन्फा टेक्नोलोजी सेन्टरबारेको रिटमा उच्च अदालत पोखराले लिखत जवाफ पेस गर्न आदेश दिएको छ।
गणपूरक संख्या नपुगेपछि राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रतिनिधिसभामा प्रस्तुत हुन सकेन।
झापाका ४३ वर्षीय शेखरनाथ प्रसाईंलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले झापामै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
अघिल्लो वर्षको मार्चमा अस्ट्रेलियाको डार्लिङ नदीमा करोडौँ माछा मरेका थिए। विश्वभर चर्चा बटुलेको उक्त घटनाले वैज्ञानिकहरूलाई पनि अचम्ममा पारेको थियो।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको छ।
सांसदहरूले सवारी दुर्घटना नियन्त्रण, बाल सुधारगृहमा अनुगमन हुनुपर्ने, भूकम्पपीडितले अझै राहत नपाएको, मिटरब्याजपीडित र किसानका समस्या सम्बोधन नभएको विषय उठाएका छन्।
सबै कुवेती र प्रवासीहरूलाई बायोमेट्रिक गराउन आउँदो मार्चदेखि तीन महिनाको समयसीमा घोषणा गरेको छ।
एमाले सांसद रघुजी पन्तले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेकाले उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।
कर्मपथमा अघि बढ्दै जाँदा अनेक चुनौती र हण्डर खाए पनि टेस्ला निरन्तर अघि बढिरहे, यो साहस नै उनको सफलताको कडी हो। यो उपन्यास कुनै पनि आविष्कार वा नयाँ काम गर्न खोज्नेलाई उत्साह भर्ने खालको छ।
इलामको रोङ गाउँपालिकाका किसान बेसारको व्यावसायिक रूपमा खेती गर्न थालेका छन्। उत्पादन भएको बेसार सहकारीले नै खरिद गर्ने व्यवस्था मिलाइएको छ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन सत्रमा गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै अल्जेरियाले पेस गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको थियो।