चार खेलमा तीन जित र एक पराजयसहित नामिबिया ६ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा यथावत् छ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसद्मा अवरोध नगरी संयमित र धैर्यसाथ प्रस्तुत हुन प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन्।
मोरङको भित्री सडकमा शुक्रबार भारतीय नम्बर प्लेटको लरी पल्टिँदा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन्।
न्याय खोज्दै पैदलयात्रा गरी देशभरबाट काठमाडौँमा आएका मिटरब्याजी पीडितहरूले शुक्रबार भृकुटीमण्डप क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन्।
नेकपा एमाले सांसद दिलकुमारी थापा रावलले राष्ट्रियसभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माणसम्बन्धी संकल्प प्रस्ताव पेश गरेकी छन्।
अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ।
आईएम–१ मिसनको ल्यान्डरले चन्द्रमाको सतहमा सफल अवतरण गरेको नासा र इन्ट्युटिभ मेसिन कम्पनीले जनाएका छन्। उक्त ल्यान्डर अमेरीकाले करिब आधा दशकपछि चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको उल्लेख गरेको छ।
प्रतिनिधिसभा बैठकमा सांसद यादवले जीबी राईको संलग्नता रहेको वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले एक अर्ब ३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको जानकारी दिए।
सरकारले आइतबारदेखि चैत ७ गतेसम्म जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ जिल्लामा दादुरा–रुवेलाविरुद्ध खोप अभियान सञ्चालन गर्दै छ।
सामाजिक सञ्जाल फेसबुकबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापा पक्राउ परेका छन्।
नेपालको जितमा फरवार्ड सावित्रा भण्डारीले ५ गोल गरिन्। यससँगै उनको अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या ५० पुगेको छ।
दिउँसो, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकीको पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ।
भन्सार जाँच पार गरिसकेपछि शंकाका आधारमा खोजतलास गर्दा भारतीय नागरिक जेसनले लगाएको पाइन्ट र भित्री वस्त्रमा लेपन गरी ल्याइएको अवस्थामा सुन भेटिएको प्रहरीले जनाएको छ।
बिहीबार अपराह्न काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै आंशिकदेखि सामान्य बदली रहेकाले हवाई उडान केही समय प्रभावित भएको थियो।
उच्च अदालत पाटनले बलात्कार मुद्दाका प्रतिवादी हिमाल शाहीलाई धरौटीमा छाड्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गर्दै उनलाई थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको छ।
एमाले उपमहासचिव ज्ञवालीले गठबन्धन सरकारले चलाएको कुशासन, बेथितिले गर्दा राज्य हरेक हिसाबले संकटग्रस्त बन्दै गएको ठहर पार्टीले गरेको बताए।
नेपाली कांग्रेस महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता–कार्यकर्तालाई पार्टीवरिपरि राख्नु नहुने र दाग लागेका मन्त्रीलाई पनि घर पठाउनुपर्ने बताएका छन्।