कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।
रिट निवेदनमा एमाले नेता खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा गरिएको नियुक्ति उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरिएको छ।
मंगलबार दिउँसो गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी महतोको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।
सामान्य अंकको वृद्धि भएको नेप्से परिसूचकमा चार अर्बभन्दा बढीको कारोबार भएको छ।
पकवादी कृषि सहकारी संस्थाको भवन निर्माण गर्न दिएको अनुदान दुरुपयोग गरेको आरोपमा अख्तियारले कृषि विकास निर्देशनालय, गण्डकीका तत्कालीन निमित्त प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
प्रदर्शनकारीले निषेधित क्षेत्र उल्लंघन गर्ने प्रयास गरेपछि सिंहदरबारअगाडि भद्रकाली सडकमा प्रहरीसँग झडप भएको हो।
कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन।
घोडाघोडी नगरपालिका–१० का २७ वर्षीया श्रीमालु र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको धुरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
नैनीतालको बेतालघाट मल्लागाँउबाट टनकपुरतर्फ आइरहेको जिप मंगलबार बिहान दुर्घटना भएको हो। मृत्यु भएका सबै नेपाली नैनीताल क्षेत्रमा पानी सम्बन्धी परियोजना निर्माणमा मजदुरी गर्दै आएका थिए।
सोमबार प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ३६ हजार ३०० रुपैयाँ पुगेको छ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।
विद्युत् अवरुद्ध हुँदा पातारासी पालिकाका–४, ५ र ६ वडाका करिब ८०० घर विद्युत् सेवाबाट वञ्चित भएका छन्। गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावित भएको छ।
मटिहानी बजारमा सञ्चालित भरत फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको हो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्ने कुनै योजना नभएको बताएपछि स्थानीय प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले आर्थिक सहयोगको माग गरेका छन्।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
घोडेजात्रा
घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गरेको छ। सेनाले प्रदर्शन गरेको अश्वकला अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत टुँडिखेल पुगेका थिए। \n\nसो क्रममा घोडादौड, म्युजिकल रेस, सोजम्मलगायत प्रतिस्पर्धा गराइएको थियो भने सैनिक कुकुरको कौशल प्रस्तुत गरिएको थियो। प्रदर्शनमा उत्कृष्ट हुनेहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका थिए।\n\nकाठमाडौँ उपत्यकाका नेवार समुदायले चैत्र कृष्ण औँसी तिथिमा मनाइने घोडेजात्रालाई ठूलो चाडको रूपमा पनि मनाउने गर्दछन्। यस दिन विवाह भएर गएका आफ्ना छोरीचेलीलाई बोलाएर भोज खुवाउने प्रचलन छ भने काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ या पिशाचेश्वर महादेवको पूजाअर्चना गर्ने पनि परम्परा छ। तस्वीर : कृष्पा श्रेष्ठ
बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदामघरमा भएको आगलागीबारे छानबिन गर्न एआईजी वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन भएको छ।
नेपालले घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ टिमसँग पाँच खेलको टी२० शृंखला खेल्ने भएको छ।
मंगलबारदेखि शुरू हुने दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोली सहभागी हुने भएका छन्।