AnonymousUser

Logout

राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य मनोनीत

चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। 

घाटुनाच संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटुनाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन छ। 

पोखरामा सवारी दुर्घटना, ८ चिनियाँ पर्यटक घाइते

घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

गोरखाका ५ पालिकाको निर्णय: सार्वजनिक पदमा रहेकाले सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने

जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यलगायत सबै सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका सामुदायिक विद्यालयमा पढाउनै पर्ने निर्णय गरिएको छ। 

ओलम्पिकअघि पेरिस स्क्वाटबाट ४५० आप्रवासी निष्कासित

आप्रवासीलाई सहयोग गरिरहेका च्यारिटी संस्थाले यसको कदमको विरोध गरेका छन्। जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ओलम्पिकलाई राम्रो देखाउन पेरिसबाट घरबारविहीन मानिसलाई हटाइएको उनीहरूको आरोप छ।

२९औँ वन्यजन्तु सप्ताह: बूढीराप्ती नदी क्षेत्र सरसफाइ

बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुंगाघाटसम्म सरसफाइ गरिएको छ।

म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

बुधबार राति क्वार्टरफाइनलको दोस्रो लेगमा घरेलु टोली सिटीलाई पेनाल्टी सुटाउटमा पराजित गर्दै रियल अन्तिम चारमा पुगेको हो।

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल यूएईसँग खेल्ने

नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल खेल यूएईसँग खेल्ने भएको छ।

गाजामा युद्धविरामबारे इजरायल–हमासबीचको वार्ता रोकियो : कतार

गाजामा युद्धविराम र बन्धकको रिहाइका लागि इजरायल र हमासबीचको वार्ता रोकिएको कतारका प्रधानमन्त्रीले बताएका छन्।

मुस्ताङमा लेक लागेर ३ वर्षमा २९ जनाले गुमाए ज्यान

चालु आर्थिक वर्षको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन्। 

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान भएको भन्दै नेपाली कांग्रेसले असहमति व्यक्त गरेको छ।

विश्व वरीयतामा दीपेन्द्रसिंह ऐरीको १६ स्थान सुधार

दीपेन्द्रसिंह ऐरी आईसीसी टी२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन्।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीको निर्णय

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल बन्यो समूह विजेता

नेपालले बुधबारको खेलमा साउदी अरेबियालाई पराजित गर्दै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ।

लगानीका लागि नेपाल आउन अमेरिकी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो। 

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

एसीसी प्रिमियर कपअन्तर्गत बुधबार जारी खेलमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सल्यान बस दुर्घटनाका गम्भीर घाइतेलाई कोहलपुर पठाइयो

सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ।

रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ।

यूएईमा ७५ वर्षयताकै ठूलो वर्षा, भेलमा बगेर १ जनाको मृत्यु

यूएईसँगै खाडीका अन्य देश ओमान र बहराइनमा पनि भारी वर्षाले ठूलो क्षति पुर्‍याएको छ। ओमानमा वर्षा र आँधीका कारण अहिलेसम्म १८ जनाको मृत्यु भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।