AnonymousUser

Logout

तनहुँमा  चैतेधान प्रवर्द्धन गर्न कृषकलाई अनुदान

धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले बताए। 

सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने सामग्री पोस्ट नगर्नू : साइबर ब्युरो

साइबर ब्युरोले जातजाति तथा सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री पोस्ट नगर्न अनुरोध गरेको छ।

संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा बालविकास सहजकर्ताविरुद्ध मुद्दा

अख्तियारले पर्साको भिखमपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता पुनमदेवी कुर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

हुम्लामा भेडीगोठको आगलागीमा परेर १ जनाको मृत्यु

हावाहुरीका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

राष्ट्रियसभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत

सांसदले संकल्प प्रस्तावको समर्थनसहित जनताको बाँच्न पाउने अधिकार संविधानको मौलिक हकअन्तर्गत रहेकाले यसको सुनिश्चितताका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरे।

पाकिस्तानमा लुटपाट: १९ जनाको मृत्यु, ५५ घाइते

लुटपाटको प्रतिरोध गर्दा १९ जनाको मृत्यु भएको छ। ५५ जना घाइते छन्। यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ।

इलाममा शुरू भयो ‘अन्तु पर्यटन महोत्सव’

अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लाप्चा जातिको वेशभूषा प्रदर्शन, सांस्कृतिक झाँकी प्रदर्शन, सांगीतिक कार्यक्रम, खाद्य परिकारका स्टललगायत महोत्सवका आकर्षण रहेका छन्।

वर्षको अन्तिम दिन प्रतितोला २ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ३९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ३६ हजार ६०० रुपैयाँ थियो। 

ब्राजिलमा वार्षिक २० मिलियन टन खाद्य फोहोर, खाना नफाल्न आह्वान

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) ले हालै सार्वजनिक गरेको खाद्य असुरक्षा सूचकांक प्रतिवेदनअनुसार विश्वभर ७८ करोड ३० लाख मानिसले पर्याप्त खाना पाउन सकेका छैनन्।

धराशायी बन्दै हेटौँडाका उद्योग, भाडा तिर्न नै समस्या हुन थालेको गुनासो

हेटौँडा औद्योगिक क्षेत्रमा हाल ११५ उद्योग सञ्चालनमा छन्। ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्।

डोल्पा डढेलोमा घाइते बालकको मृत्यु

जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको छ। बाँकी दुई जना घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।

आईपीएल: बेंगलुरुमाथि मुम्बईको सानदार जित

घरेलु टोली मुम्बईले जितका लागि पाएको १९७ रनको लक्ष्य १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

कला

भित्तामा कला

काठमाडौँ महानगरपालिकाले ‘वाल आर्ट’मार्फत खाली भित्ताहरू रङ्गाउन शुरू गरेको छ। फोहोर फल्ने, पोस्टर ठास्ने, अनावश्यक रूपमा लेख्ने गर्दा कुरुप देखिएपछि खाली भित्तामा काठमाडौँ महानगरले विभिन्न कला संस्कृति झल्किने गरी रङ रोगन गरेको हो। शुरूआती चरणमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनका भित्तामा रङ रोगन गरिएको हो। सुन्धारापछि त्रिपुरेश्वर ओरालो, प्रदर्शनी मार्गमा रहेका भित्ता, विमानस्थल, बबरमहलमा ‘वाल आर्ट’ गरिने महानगरले जनाएको छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी

डोल्पामा आगलागीबाट ३ बालबालिका घाइते

उनीहरूको डोल्पामा उपचार सम्भव नभएकाले काठमाडौँ लैजानुपर्ने जिल्ला अस्पतालले जनाएको छ। 

भगवानबहाल क्षेत्रबाहेक ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले रोजगारी सिर्जना गर्दै व्यवसायलाई चलायमान बनाउनका लागि वैशाख १ गतेदेखि ठमेल र दरबारमार्गलाई २४सै घण्टा सञ्चालन गर्न लागेको बताए।

भियतनामी अर्बपति ट्रुओङलाई ठगी मुद्दामा मृत्युदण्डको सजाय

ठगी मुद्दामा रियल स्टेट व्यवसायी ट्रुओङ माई लानलाई भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

दक्षिण कोरियाको संसदीय निर्वाचनमा विपक्षी दललाई बहुमत

निर्वाचनमा प्रत्यक्ष तर्फका २५४ सिटमध्ये विपक्षी दल डीपीले १६१ सिटमा जित हासिल गरेको छ।

हावाहुरीले हवाई उडान प्रभावित

हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।