संसदीय समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभिन्न ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने गरी सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ सम्बन्धी प्रतिवेदन पारित गरेको छ।
बलम्बुस्थित सशस्त्र प्रहरीको गोदामघरमा आगलागी भएको छ।
नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान यथावत् राखेपछि प्रतिनिधिसभा बैठकलाई सहज बनाउने विषयमा सभामुखले बोलाएको बैठक निष्कर्षविहीन भएको छ।
कांग्रेसका केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ।
नागरिकताका आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आइएको सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा ६ सयले वृद्धि भएको छ।
नदीमा जलविद्युत् बाँध निर्माण र अतिक्रमणले साहसिक जलयात्रा पर्यटन पूर्णरूपमा विस्थापित हुने व्यवसायीहरूको भनाइ छ।
विगतमा पनि ग्रहणको समयमा भएका अध्ययनले इतिहासमा केही महत्त्वपूर्ण आविष्कारहरू गरेको थियो।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने स्वयम् मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग राखेर संसद्मा अवरोध गर्दै आएको थियो।
घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा अश्वकला पनि प्रदर्शन गर्दैछ।
लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो।
माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरंग (ओपीडी) सेवालाई थप गरी १२ घण्टा पुर्याउने निर्णय गरेका छन्।
अदानचुली गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्यचौकीमा पनि केही दिनयतादेखि बिरामीको चाप बढ्दो छ। तर यहाँ एक जना मात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्।
दैलेखको नारायण नगरपालिकालाई फोहोरमैला संकलन, व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणका लागि राष्ट्रिय वनको तीन हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको पनि मन्त्री शर्माले जानकारी दिइन्।
गाजामा ७ जना राहतकर्मी मारिएपछि इजरायलमाथि युद्धविरामको दबाब बढीरहेको छ। यहीबीच इजरायलले गाजाबाट आफ्ना सेनाको संख्या घटाउने निर्णय गरेको छ।
शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा १० जना बांग्लादेशी नागरिकलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
जग्गा किन्दाको रकम ठेकेदारलाई तिराएको खुलेपछि लुम्बिनी विकास कोषका योजना प्रमुख, इन्जिनियर सरोज भट्टराई र उनकी आमाविरुद्ध आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङले शपथ लिएका छन्।