बेरुजु फर्स्योट र सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने रकम असुल गर्ने कार्यमा देखिएका समस्या समाधानका लागि निर्देशन दिइएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।
प्रतिनिधिमण्डलस्तरीय भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।
सवारी दुर्घटनामा मृत्यु भएकी निर्मला अधिकारीका आफन्तले हेटौँडामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
प्रधानमन्त्री नेतन्याहूप्रति असन्तुष्ट बेनी गान्ट्जले यो निर्णय ‘गहिरो मनका साथ लिएको’ बताए।
स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करूपमा कपाल काट्ने तालिम सञ्चालन गरेको हो।
प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दाहाल आइतबार भारत गएका थिए।
सन्दीपको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बांग्लादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जनाएको छ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारतले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो।
केशर महल
काठमाडौँ– विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त भएको केशर महलको पुनर्निर्माण कार्य साढे तीन वर्षमा समापनको संघारमा पुगेको छ। पुनर्निर्माणका लागि करिब ५९ करोड रुपैयाँ खर्च गरिएको छ। केशर महलमा यतिबेला सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सर्ने क्रम शुरू भएको छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी
फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ।
नरेन्द्र मोदीले आइतबार लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन्।
निक्षेपको साँवा, ब्याज फिर्ता गर्ने पहल नै नगरी सहकारी संस्था नै बन्द गरी बचतकर्ताको सात करोड ४० लाख रुपैयाँ अपचलन भएपछि सीआईबीले अनुसन्धान गरिरहेको छ।
फैसलामा फेवातालको अस्तित्व गुम्ने कहालीलाग्दो अवस्थालाई दृष्टिगत गरी राज्यका निकायलाई जिम्मेवार गराउन सर्वोच्च अदालतले यसअघि पटक–पटक आदेश जारी गरिसकेको पनि स्मरण गराइएको छ।
‘हामीलाई राज्यले ‘तिमीहरू जग्गा नकिन, हामी हदबन्दी छुट दिँदैनौँ’ भनेको भए हुन्थ्यो नि त। खोला होइन, नाला होइन, ऐलानी–पर्ती होइन, जंगल होइन, हामीले जमिनमै पैसा हालेका थियौँ। सरकारले हामीलाई फसाएकै हो।’
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको सुनसहित चार जनालाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरको शिक्षा विभागले शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरिरहेको पाइएको भन्दै चार वटा सामुदायिक विद्यालयका ६१ वटा सटरमा ताला लगाएको छ।
इजरायलले हमासले बन्दी बनाएका चार जनाको सफलतापूर्वक उद्धार गरिएको जनाएको छ।
कर्णाली नदीमाथि बनेको झोलुंगे पुलमा अड्किएका १३ खच्चडमध्ये ११ को जीवितै उद्धार गरिएको छ भने दुई वटा मरेका छन्।