AnonymousUser

Logout

नारायणघाट–बुटवल सडकको दुरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नारायणघाट–बुटवल सडकको दुरावस्थाका कारण वार्षिक ६ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। 

‘कार फ्री डे’मा यस्तो देखियो हाँडीगाउँ (तस्वीरहरू)

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ। 

न्युजिल्यान्डमाथि आफगानिस्तानको सानदार जित

१६० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ७५ रनमा अलआउट भयो। अफगानिस्तानका राशिद खान र फजहल फारुकीले समान ४–४ विकेट लिए।

अतिक्रमित जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयको पहल

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियानमा सरोकारवाला निकायले पनि साथ दिनुपर्ने बताए।

विज्ञान, प्रविधि, नवप्रवर्तनमा सहयोग बढाउन आशियान मन्त्रीहरूको बैठक

‘कृत्रिम बुद्धिमत्ता अनुप्रयोग: भविष्य नेभिगेटिङ’को विषयवस्तुअन्तर्गत १० आशियान सदस्य राष्ट्रका मन्त्री र तिनीहरूका प्रतिनिधिको बैठक बसेको हो। 

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री नियुक्त

तेस्रोपटक भारतको प्रधानमन्त्री नियुक्त भएका नरेन्द्र मोदीको शपथ समारोह आगामी आइतबार हुने तय भएको छ।

यसवर्ष पनि भएन मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक कालोपत्र

पहिलो खण्डको काम सम्पन्न गर्न शुरूमा ३९ करोड ७१ लाख रुपैयाँमा सम्झौता गरिएकामा अहिले लागत बढेर ४३ करोड ६५ लाख रुपैयाँ पुगेको इन्जिनियर ढकालले जानकारी दिए।

गृह मन्त्रालय सुधारको खाका बनाउन गठित अध्ययन समितिले बुझायो प्रतिवेदन

पूर्वमुख्यसचिव लीलामणि पौडेल नेतृत्वको समितिले मन्त्रालय र मातहत निकायको कार्य सम्पादन सुधार गर्न कर्मचारीको कार्य क्षमता तथा वृत्ति विकास र संगठन तथा व्यवस्थापनका विषय समेटेर प्रतिवेदन पेश गरेको छ।

गाँजाखेतीबारे के भन्छन् नीतिनिर्माता र विज्ञ?

काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता प्राडा. पन्ना थापाले नेपालमा विभिन्न प्रकारका गाँजा पाइने र वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति दिनुपर्नेमा जोड दिए।

काँकडभिट्टा नाकाबाट हुने नेपाल-बांग्लादेश व्यापार निरन्तर घाटामा

बांग्लादेशमा अदुवा, अलैँची, अम्लिसो तथा जडीबुटी निर्यातको सम्भावना धेरै छ। नेपाल सरकारले यी वस्तुको निर्यातमा अनुदानको व्यवस्था गरी प्रोत्साहन दिन सकेमा निर्यात बढ्ने व्यवसायीहरूको भनाइ छ। 

पश्चिम क्षेत्रको मौसमी राडार २ वर्षदेखि बन्द

दुई वर्षअघि राडार बिग्रिए पनि मर्मतका लागि बजेट नभएकाले बन्द गर्नुपरेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् नीराजन सापकोटा बताउँछन्।

पहिरोले पुरिँदा ‘लोडर’ चालकको मृत्यु

निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिएर मृत्यु भएको छ।

सरकारले उपलब्ध गराएको जग्गा उद्देश्यविपरीत प्रयोग गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन

लेखा समितिले सरकारले उपलब्ध गराएको जग्गा उद्देश्यभन्दा फरक रूपमा प्रयोग भएकोप्रति ध्यानाकर्षण जनाउँदै सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलाई कारबाही गर्न भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ।

बजेट अभावले रोकियो वीरगन्ज–रक्सौल जोड्ने सडक

बजेट अभावको कारण देखाउँदै वीरगन्ज–रक्सौल सडक खण्डअन्तर्गत रजतजयन्तीचोकको निर्माण कार्य अघि बढाइएको छैन।

काभ्रेमा एकै वर्ष जारी भएका ११ नक्कली नागरिकता रद्द

जिल्ला प्रशासन कार्यालयका अनुसार जारी भएका ती सबै नागरिकताको कागजात कार्यालयमा छैन।

मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले सत्ता गठबन्धनमा आबद्ध दलहरूबाट १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

बाल संगठनको जग्गा हिनामिना प्रकरण: तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

काठमाडौँ जिल्ला अदालतले श्रेष्ठसहित २० जनाविरुद्ध गत वैशाख २७ मा पक्राउ पुर्जी जारी गरेको थियो।

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंह नियुक्त

संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थन दाबी परेपछि सिंह मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

चुलाचुलीका विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध

चुलाचुली गाउँपालिकाले शिक्षकलाई कुनै राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा पनि प्रतिबन्ध लगाइएको छ।