AnonymousUser

Logout

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ५ अर्बको कारोबार

आइतबार इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट २ जना पक्राउ

प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत गरिँदै

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न बुझाइएको मनोनयन दस्ताबेजका विषयमा स्थलगत अध्ययन गर्न युनेस्कोको टोली अगस्टमा नेपाल आउने कोषले जनाएको छ।

विश्वविद्यालयको सम्पत्ति खोज्न गठित समितिले थाल्यो काम

विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आइतबारदेखि काम थालेको छ। 

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट आइतबार ‘हेर्न नमिल्ने’मा परेको छ।

ठेकेदारले काम छाडेपछि भगवानपुर गाउँपालिकाको भवन अलपत्र

निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले २०८० असारमा काम छोडेर हिँडेपछि भवन अलपत्र परेको हो। वनको लागत ११ करोड ५८ लाख रुपैयाँमा रहेको छ। 

एकैदिन तोलामा ४ हजारले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ। शुक्रबार १ लाख ४५ हजार थियो।

प्रतिनिधिसभा बैठक २ दिनका लागि स्थगित

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि दलहरूले समय मागेका कारण बैठक स्थगित गरिएको संसद्‌ सचिवालयले जनाएको छ।

राष्ट्रिय कृषक दिवस मनाइँदै, कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा जोड

महासंघले २०७० सालदेखि प्रत्येक वर्ष दिवस मनाउँदै आएको छ। यस अवसरमा कृषि पेसा र कृषकको प्रोत्साहन तथा सम्मानका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ। 

शिक्षातर्फ काठमाडौँ महानगरलाई ‘सर्वोत्कृष्ट पालिका अवार्ड’

सामुदायिक विद्यालयहरूको संस्था ‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल– पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा अवार्ड प्रदान गरेको हो। 

मध्य गाजामा इजरायली हमला: २१० भन्दा बढी प्यालेस्टिनीको मृत्यु 

प्यालेस्टिनी प्रत्यक्षदर्शीले इजरायली विमानले तीव्र हवाई आक्रमणसहित उक्त क्षेत्रलाई निशाना बनाएको बताएका छन्। केही घाइतेलाई समयमा नै अस्पताल पुर्‍याउन नसकिएको स्थानीयको भनाइ छ।

सुन्दरीजलबाट शुरू भयो बागमती बचाउ अभियान

एक दशकअघि शुरू भएको सफाइ अभियानले चेतना जगाए पनि फोहोर आफैँले व्यवस्थापन गर्न अघि नसर्दा नदी फोहोर हुने क्रम भने यथावत् रहेको अभियानकर्मीको भनाइ छ।

कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

 दिउँसो कोशी, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गृहसँग सम्बन्धित कानून र कागजात एकै स्थानमा उपलब्ध हुने

दिग्दर्शनमा २६ ऐन, २४ नियम, १४ कार्यविधि, दुई नीति, आठ निर्देशिका, ११ वटा मापदण्डलगायत हालसम्मका परिपत्र समावेश गरिएको मन्त्रालयले जनाएको छ।

सोनिया गान्धी कांग्रेस संसदीय दलको अध्यक्ष चयन

भारतीय राष्ट्रिय कांग्रेस संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत चयन भएकी छन्।

नेवारी परिकार प्रवर्द्धन गर्न भक्तपुरमा ‘वः फेस्टिभल’ आयोजना

नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुरको मध्यपुरथिमिमा 'वः फेस्टिभल' अर्थात् बारा महोत्सव आयोजना गरिएको छ।

पर्वतमा जेठोबुढो धानको उन्नत बीउ उत्पादन गरिँदै

परियोजनाले बीउका साथै आवश्यक प्राविधिक सहयोग गर्ने भएपछि कतिपय कृषकले बाँझै रहेको जग्गा खनजोत गरेर धानखेती गर्न थालेका छन्।

जरबेरा फूलखेतीबाट वार्षिक १० लाख आम्दानी गर्दै गुण्डुका किसान

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा मात्रै एक सयभन्दा बढी घरपरिवारले व्यावसायिक फूलखेती गरेका छन्।

स्थानीयले संरचना हटाउन आनाकानी गर्दा मुग्लिन–पोखरा सडकको काममा विलम्ब

सडकको मापदण्ड विवादका कारण केही घरधनीले संरचना नहटाउँदा दमौली बजारको मुख्य चोक धुलाम्य छ‍।

जीर्ण विद्यालय भवनमा पढ्न बाध्य छन् विद्यार्थी

नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा पानी परेसँगै विद्यार्थी झोला लिएर ओत खोज्न जानुपर्ने बाध्यता छ।