कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकीका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
सरकारले विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।
संखुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढी पहिरोले २४ घर परिवार विस्थापित भएका छन्।
मुसलधारे वर्षा, बाढी, पहिरोका कारण दक्षिणी चीनको गुआंडोङ प्रान्तमा ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन्।
११ महिना अवधिमा नेपालले भारतसँग मात्र आठ खर्ब १३ अर्ब रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ। चीनसँग दुई खर्ब ७० अर्ब ४० करोड रुपैयाँ व्यापार घाटा देखिएको छ।
संसदीय समितिले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को व्यवस्थामा परिमार्जन तथा संशोधन गरी समयानुकूल बनाउन निर्देशन दिएको छ।
योग दिवस
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा सरकारले भक्तपुरको एसओएस बालग्राममा विशेष समारोह आयोजना गरेको छ। देशका अन्य विभिन्न स्थानमा पनि विभिन्न कार्यक्रम गरिएको छ। संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएको थियो। सन् २०१५ को जुन २१ देखि नेपालले पनि हरेक वर्ष योग दिवस मनाउँदै आएको छ।
उकालोमा यो साता जीबीबारे किन बोलिरहेछन् गृहमन्त्री?, कारागारभित्रै लागुऔषध कारोबार: जेल प्रशासन, सुरक्षाकर्मी, नाइके–चौकीदार सँगसँगै, अर्ब खर्चेर किनिएका मौसमी राडार चल्दैनन् सहितका खबर चर्चामा रहे।
संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ गर्न सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गस्ती टोली र चोरी सिकारमा संलग्न समूहबीच मुठभेड हुँदा एक जनाको मृत्यु भएको छ।
प्रमुखमा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा नं ३ का वडाध्यक्ष रतन चौधरीलाई चयन गरेपछि नगरपालिकाको अवरुद्ध कामकारबाही सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले बताए।
भासिएर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
कांग्रेसले लुम्बिनी प्रदेश सरकारले संघीयताविरोधी बजेट ल्याएको भन्दै विरोध जनाएपछि शुक्रबार संसद् बैठक अवरुद्ध भएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्ममा देशको आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड रुपैयाँ रहेको छ।
युक्रेनको पक्ष लिएको र आर्थिक सहयोगसमेत पठाएको अभियोगमा अदालतले २७ वर्षीय शिक्षकलाई देशद्रोही ठहर गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिटरब्याजसम्बन्धी अझै एक हजार १९५ वटा उजुरी भने सम्बोधन हुन बाँकी छ।
संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ जुन २१ देखि यो दिवस मनाउन थालिएको हो।
मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर मार्टमा भने पूर्ण रूपमा क्षति पुगेको छ।
पश्चिमी वायुको प्रभावका कारण मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको महाशाखाको भनाइ छ।
दिल्लीको राउज एभिन्यू अदालतले मदिरा घोटालासम्बन्धी मुद्दामा मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।