यसअघि जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भए पनि जनमतले सिंहलाई अगाडि सारेको हो।
सुपर ओभरमा अमेरिकाले पहिला ब्याटिङ गर्दै १८ रन बनायो। जवाफमा पाकिस्तानले १३ रन मात्रै बनाएपछि अमेरिका पहिलो अन्तर्राष्ट्रिय भेटमै विजयी भएको हो।
साउदी अरबको प्रिन्स मोहम्मद विन रंगशालामा भएको खेलमा युएईसँग नेपाल ४-० ले पराजित भएको हो। नेपालले अन्तिम खेल जेठ २९ गते यमनसँग खेल्नेछ।
सडक डिभिजन कार्यालय, काठमाडौँका इन्जिनियर रामकुमार श्रेष्ठले सडक सुधारका क्रममा सुरक्षालाई दृष्टिगत गरी एक महिनालाई सवारी आवागमन बन्द गर्न लागिएको जानकारी दिए।
चिकित्सा क्षेत्रको सुधार निषेधात्मक नभई सुधारात्मक उपचार अवलम्बन प्रक्रियाबाट सार्थक र संगतपूर्ण परिणामको अपेक्षा गर्न सकिने फैसलाको पूर्णपाठमा उल्लेख छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा सबैभन्दा बढी कोशी, त्यसपछि मधेश र तेस्रोमा लुम्बिनी प्रदेश प्रभावित हुने अनुमान छ।
मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ भने प्रधानमन्त्री दाहालको भारत भ्रमण स्वीकृत गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि जुन ९ मा शपथ लिने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैंकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याउनु परेको बताइन्।
बढ्दो गर्मीसँगै शरीर चिलाउने, लुतो, दाग, छालामा संक्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल, नेपालगन्जले जनाएको छ।
संखुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ।
बिहीबार इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
सुख्खा याममा ऊर्जा आयात गर्नुपर्ने बाध्यता अन्त गर्न पनि सम्झौता उपयोगी हुने मन्त्री बस्नेतले बताए।
कानूनमन्त्री पदम गिरीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’का सम्बन्धमा १० वटा मन्त्रालयसँग सम्बन्धित विषयमा समितिमा सहमति जुटिनसकेकाले छलफल थालिएको बताए।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ताबापत, ५ अर्ब ५९ करोड रुपैयाँ उपलब्ध गराउने विषयमा छलफल भएको थियो।
मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची–लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।
शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय रहेको छ।
शव नजिकै बागमती मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।