AnonymousUser

Logout

नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ को बिन्दुमा कायम

मंगलबार एक करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

१० वर्षमा ३० खर्बको प्रविधि निर्यात गर्न पूर्वाधारसँगै दक्ष जनशक्ति तयार पार्नुपर्नेमा जोड

सरोकारवालाले नीतिगत सुधार र कानूनी अल्झन हटाइ स्थिर नीति बनाउन सकेको खण्डमा १० वर्षमा ३० खर्बको सूचना प्रविधि सेवा निर्यात गर्न सहज हुने बताएका छन्।

विदेश पठाउने भन्दै १५ करोड ठगी गरेको आरोपमा ३ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३०० जनाभन्दा बढी व्यक्तिको १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

रुसी सैन्य विमान दुर्घटना: २ पाइलटको मृत्यु

उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा सुखोई–३४ सैन्य जेट दुर्घटना भएको छ।

कभर्डहल अलपत्र पार्ने ठेकेदारलाई संरक्षण, महालेखाले उठायो प्रश्न

निर्माण अधुरो राख्ने ठेकेदारलाई कालो सूचीमा राख्ने, सरकारी बाँकी रकम असुललगायत प्रक्रिया पूरा नगरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

नक्साल ढुंगेधाराको पुनरुत्थान गरिँदै, निकास थुन्नेलाई जरिबाना

ढुंगेधाराको पुनरुत्थानअन्तर्गत यहाँ पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचना पुनःनिर्माण गरिने वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए।

‘आर्थिक संकट अमेरिकाका विश्वविद्यालयलाई पनि छ’

रकेट उडाउँदा पनि अंग्रेजी विभागको मानिस आवश्यक पर्छ। वैज्ञानिकहरू नयाँ कुरा पत्ता लगाइरहेका हुन्छन्। त्यसबारे बाँकी संसारसँग ‘कम्युनिकेट’ गर्न पनि फरक विधाका मान्छे आवश्यक पर्छन्।

बांग्लादेशमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सोमबार राति न्युयोर्कमा बांग्लादेशलाई ४ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार तेस्रो जित हासिल गरेको हो। 

मनसुनी प्रणालीको प्रभाव, विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सामुदायिक विद्यालयले बहालमा दिएका २३६ सटरमा काठमाडौँ महानगरले लगायो ताला

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आइतबार र सोमबार गरी १७ सामुदायिक विद्यालयले बहालमा लगाएका २३६ वटा सटरमा ताला लगाएको छ।

सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित नौ जना पक्राउ

सीआईबीको टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौ जनालाई पक्राउ गरेको छ।

नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

मधेश प्रदेशको सांसद अनुदानबाट रामजाकी दलित आधारभूत विद्यालयमा अधुरो काम पूरा गर्न दिएको रकम हिनामिनाको आरोपमा नवराजपुरका तत्कालीन अध्यक्षसहित १४ जनाविरुद्ध विशे‍ष अदालतमा मुद्दा दायर भएको छ।

१० महिनामा भित्रियो करिब १२ खर्ब रेमिट्यान्स, २६.२ प्रतिशतले बढ्यो विदेशी मुद्रा सञ्चिति

राष्ट्र बैंकको विवरणअनुसार चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ भने एक वर्षभन्दा बढी समयका लागि वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको छ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा कांग्रेसका २७, राप्रपाका दुई, स्वतन्त्र सांसद एक र नेसपाका फणीन्द्र देवकोटाले मत दिए।

बयालपाटा अस्पताल सञ्चालनका लागि अत्यावश्यक बजेटको व्यवस्था गर्न माग

सरोकारवालाले सुदूरपश्चिमका मुख्यमन्त्रीसँग बयालपाटा अस्पतालको सञ्चालन तथा व्यवस्थापनका लागि अत्यावश्यक बजेटको सुनिश्चितता गरिदिन माग गरेका छन्।

गृहमन्त्रीलाई निलम्बन माग गरिएको रिटमा जीबी राईविरुद्धको मुद्दाको मिसिल झिकाउन आदेश

सर्वोच्च अदालतले गृहमन्त्री लामिछानेविरुद्धको रिटमा जीबी राईसमेत रहेको सहकारी ठगी मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिएको छ।

प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा २ शिक्षक पक्राउ

प्रश्नपत्रको गोपनीयता भंग तथा परीक्षाको मर्यादा विपरीत कार्य गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई काठमाडौँबाट पक्राउ गरेको छ।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

सोमबार एक करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

जुद्धोदय स्कुलको जग्गामा सञ्चालित सटर काठमाडौँ महानगरले बन्द गरायो (तस्वीरहरू)

काठमाडौँ महानगरपालिकाले क्षेत्रपाटीस्थित जुद्धादय माध्यमिक विद्यालयको जग्गामा निर्माण गरिएका व्यावसायिक सटरहरू बन्द गराएको छ।

भित्रियो यस वर्षको मनसुन प्रणाली

कोशी प्रदेशको पूर्वी भू–भाग हुँदै मनसुन प्रणाली भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।