AnonymousUser

Logout

विश्वकप क्रिकेट: बांग्लादेशसँग नेदरल्यान्ड्स पराजित

वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा १६० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड् निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो। 

पूर्वी नेपालमा वर्षा, मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी

कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन महाशाखाले आग्रह गरेको छ।

ताप्लेजुङको खेजेनिममा पहिरो: एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

पहिरोले घर बगाउँदा फाक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास साम्रा लिम्बूका बुबाआमा र दुई जुम्ल्याहा बहिनीको मृत्यु भएको वडाध्यक्ष भूपेन्द्र चौलागाईंले जानकारी दिए।

विदेश पठाउने नाममा साढे २ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ

वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देशमा पठाइदिने भन्दै एक हजारभन्दा बढी व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले कन्सल्टेन्सीका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।

४३ जिल्ला न्यायाधीशको कोटामा ८ जना मात्र लिखित परीक्षामा उत्तीर्ण

जिल्ला न्यायाधीशको परीक्षामा २०३ जना सामेल भएकोमा आठ जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका छन्।

जलवायु न्याय तुरुन्तै सुनिश्चित गर्न राष्ट्रपति पौडेलको अपिल

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई लाखौँ मानिसलाई चरम गरिबी र असमानतामा धकेलेको बताएका छन्।

जसपा नेपालको कार्यसमिति चयनको जिम्मा अध्यक्ष यादवलाई

पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिँदै जसपा नेपालको महाधिवेशन सकिएको छ।

सामाजिक सुरक्षा भत्ताका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ।

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढी र कटानको चुनौती

पहिरो, कटान र बाढीका कारण यातायात सेवाका साथै सडक निर्माणको काम प्रभावित बनेको छ। यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्ययभार बढेको योजना प्रमुख ध्रुवकुमार झा बताउँछन्।

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिबाना

विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।

चितवनबाट विस्थापित हुँदै रेशमखेती

चितवनको माडी क्षेत्रका किसानहरू रेशमखेती छाडेर तरकारीबालीतर्फ आकर्षित भएका छन्।

नेप्से परिसूचक ९.३२ अंकले घट्यो, करिब साढे ६ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा कायम हुँदा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

विधायन समिति सभापति भन्छन्– भूकम्प प्रभावित जिल्लाको पुनर्निर्माणमा सरकारले चासो दिएन

प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले सरकारले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि तदारुकता नदेखाएको बताएका छन्।

ताप्लेजुङको तापेथोकमा सिंसेवा खोलाको बाढीले तमोरमा बन्यो ड्याम, ४ वटा काठेपुल बगे

सिंसेवा खोलामा सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको काठेपुल, सिस्ने खोलाका दुई वटा र तावा खोलाको एउटा पुल बगाएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ।

संखुवासभामा पहिरोले ३ घर बगायो, ९ परिवार विस्थापित

बुधबार राति वर्षासँगै गएको पहिरोले संखुवासभाको खाँदबारी नगरपालिकामा तीन घर बगाएको छ भने एक जना घाइते भएका छन्।

तराईमा घटेन तापक्रम: वीरगन्जका विद्यालयमा थप ३ दिन बिदा

महानगरले बिहीबारदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ।

नारायणगढ–मुग्लिन सडक: २५ ठाउँमा पहिरोको जोखिम

मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ। सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपैयाँ खर्च हुने अनुमान छ।

‘समुन्द्रबाट स्पेन पुग्ने क्रममा दैनिक ३३ आप्रवासीको मृत्यु’

स्पेनिस टापुबाट लगभग एक हजार ५०० किलोमिटर टाढा रहेको गाम्बिया र सेनेगल जस्ता दक्षिणतिरका देशबाट आप्रवासीको संख्या बढ्दै गएको पाइएको छ।

‘मधुपर्क सम्मान-२०८१’ गौतम, काँचुली र पहाडीलाई

२०५९ सालदेखि दिन थालिएको सम्मान गोरखापत्र संस्थानको ५७औँ वार्षिकोत्सवका अवसरमा समालोचक प्राडा वासुदेव त्रिपाठीको उपस्थितिमा प्रदान गरिएको हो। 

कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, मधेश र बागमतीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।