AnonymousUser

Logout

हरेराम शाह अर्थात् ‘हार्मोनियम मिस्त्री’

संगीतकार फत्तेमान राजभण्डारीले रुचाएका हरेरामलाई नेपाली संगीतका हस्ती अम्बर गुरुङले हार्मोनियम बजाउन सिकाएका थिए।

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो

७१ जिल्लामा फैलियो डेंगी संक्रमण

गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको मन्त्रालयले जनाएको छ।

दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

नेपालका लागि कुशल भूर्तेलले ४ ओभरमा १९ रन खर्चिँदै ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। ४ ओभर नै बलिङ गरेका उनले २१ रन खर्चिए।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो कोशी, बागमती, गण्डकी र मधेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

सीटीईभीटीको ल्याबबाट क्रिप्टो कारोबार, २ जना पक्राउ

सीटीईभीटीको प्राविधिक प्रशिक्षण भवन, ठिमीस्थित सूचना प्रविधि ल्याबको कम्प्युटरबाट क्रिप्टोसम्बन्धी कारोबार गरेको आरोपमा सीआईबीले २ जनालाई पक्राउ गरेको छ।

आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न गृहले बनायो समिति

गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

गोली लागी घाइते भएका रामराजा क्याम्पस प्रमुख कुशवाहाको मृत्यु

अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको उपचारका क्रममा मृत्यु भएको छ।

गण्डकी​​​​​​​ प्रदेशसभा सदस्य देवकोटा पदमुक्त

माओवादी केन्द्र संसदीय दलको ‘ह्वीप’ उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका सांसद फणिन्द्र देवकोटा पदमुक्त भएका छन्।

गण्डकीको नीति तथा कार्यक्रमबाटै हट्यो सुरुङमार्गको योजना

प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने भनिएका पाँच सुरुङमार्गमध्ये बागलुङको बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि यसअघि संघ सरकारबाट बजेट परेर पनि कार्यान्वयन हुन सकेको छैन।

उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने

जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जनाएको छ।

उकालो साप्ताहिक ब्रिफिङ: एनटीसीको एमडीमा ‘आफ्ना’लाई तान्न मापदण्ड हेरफेर, पाथीभरामा केबलकारले निम्त्यायो भिडन्त

यो साता उकालोमा पाथीभरामा चन्द्र ढकालको प्रवेशले निम्त्याएको भिडन्त, गृहमन्त्री र महान्यायाधिवक्ता जोडिएका मुद्दाको उकुसमुकुस, अमेरिकाले किन रोक्छ ‘सेलेब्रिटी’को भिसा? सहितका खबर चर्चामा रहे।

ताप्लेजुङको खेजेनिममा पहिरोमा परी घाइते भएका बुबा छोरीको उद्धार

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा गए राति पहिरोमा परी घाइते भएका बुबा छोरीको उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

अवैध व्यापार रोक्न बिजकमा ‘एचएस कोड’ अनिवार्य

अर्थ मन्त्रालयले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्नका लागि ‘हार्मोनाइज्ड’ (एचएस) कोड कार्यान्वयनमा ल्याएको छ।

१० वर्षमा भेरी नदीमाथि पुल निर्माणको प्रगति ५ प्रतिशत

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ लाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण अलपत्रमा परेको छ।

खडेरीले बारीमै सुक्यो कोदो

लामो समयसम्म वर्षा नहुँदा र अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट भएको पर्वतका कृषकले गुनासो गरेका छन्।

म्याग्दी र बागलुङको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र

उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाले जनाएको छ।

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ४१ हजार ६०० रुपैयाँ रहेको थियो।

त्रिशूलीमा बस खस्यो: २० जना घाइते, ५ गम्भीर

नेपालगन्जबाट काठमाडौँतर्फ आइरहेको बस कारसँग ठोक्किएपछि नदी किनारमा खसेको हो। बसमा ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा

फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा गरेका हुन्।