ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुकादेखि हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको थियो।
बागमतीमा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले ६ मन्त्रालय लिने सहमति भएको जनाइएको छ।
प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीको आधिकारिक वेबसाइटमा ‘अपरेसन हन्टडाउन, विद्यार्थीको हत्या रोकौँ। अब यो विरोध मात्र नभई एक युद्ध हो’ भनी रातो अक्षरमा सन्देश जारी गरिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार गत आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको वस्तु आयात र १ खर्ब ५२ अर्ब ३८ करोडको निर्यात भएको छ।
दैनिक ४०० लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएका जैमिनीका किसान सडक अवरुद्ध हुँदा समस्यामा परेका छन्।
मालेमा सोमबार राति भएको खेलमा किर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो। नेपालले तेस्रो स्थानका लागि मालदिभ्सको सामना गर्नेछ।
भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी तथा खाद्यबाली बजारमा बिक्री नभएको किसानको गुनासो छ।
बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
क्रोएसियाको एक निजी नर्सिङ होममा एक बन्दुकधारीले गोली प्रहार गरी आफ्नी आमासहित ६ जनाको हत्या गरेका छन्।
सडक विभागले रातको समयमा बाढीपहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा असुरक्षित हुने भन्दै आवतजावत नगर्न सुझाव दिएको छ।
सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
अवधिमा विपद्का घटनाबाट चार हजार चार घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
नयाँ सडक क्षेत्रमा पैदलमार्ग विस्तारले पार्ने प्रभावबारे अध्ययन गर्न महानगरको योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अध्ययन समिति गठन गर्ने सहमति भएको छ।
लुम्बिनीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्ति भएका छन्।
बांग्लादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५०० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ।
नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेशप्रमुख अमिक शेरचनसमक्ष दाबी पेश भएको छ।
सोमबार नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ को विन्दुमा कायम भएको छ।
जेठको अन्तिम तथा असारको पहिलो सातातिर धान रोपेका ललितपुरको छम्पीका किसान अहिले गोडमेल तथा मल हाल्न खेतमा व्यस्त देखिन्छन्।
थामानेटाको जौछरे सामुदायिक वनको झाडी फाँडेर बागलुङको काठेखोला गाउँपालिकाले वन उपभोक्ताको सक्रियतामा चियाको बर्ना लगाएको छ।
उच्च अदालत पाटनको आदेशपछि महानगरले नयाँ सडकको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासको सडकमा पैदलमार्ग विस्तार गर्न शुरू गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन्।