संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले देशभरका सहकारीहरूको विवरण संकलन फारममार्फत पनि जानकारी लिने प्रक्रिया अगाडि बढाएको बताएका छन्।
यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो।
घुस लिँदै गरेको डेढ लाख रुपैयाँ नगद र चार लाख पचास हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो।
संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
व्रतालु तथा श्रद्धालुहरू झरीमा रुझ्दै भगवान शिवको दर्शनको लागि लामबद्ध भएका छन्।
डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबीच गत महिना भएको चुनावी बहसमा बाइडेनको प्रदर्शन ‘निराशाजनक’ रहेपछि डेमोक्र्याट नेताहरूले उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए।
गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
एसीसी महिला एशिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ।
लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचनले सोमबार साँझ साढे ६ बजेभित्र नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्।
उत्तरी बांग्ललादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन्।
देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म नौ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता दानबहादुर कार्की भूमण्डलीकरणले ल्याएको परिवर्तन, प्रविधि विकास, आर्थिक गतिविधि अत्यन्त चलायमानका कारण परम्परागत प्रकृतिका अपराधका तुलनामा आर्थिक र साइबर अपराधका घटना बढेका बताउँछन्।
डेरीको नौनी भन्दा यस नौनीमा निकै कम मात्रामा 'कार्बन फुटप्रिन्ट' हुने कम्पनीको दाबी छ।
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १८८ सांसदले मत दिएका छन् भने विपक्षमा ७४ मत परेको छ।
आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख शर्माले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएका हुन्।
एक सय जना भन्दा धेरैको ज्यान जाने गरी भएको विरोध प्रदर्शनपछि सर्वोच्च अदालतले लगभग सबै सरकारी जागिर योग्यताको आधारमा दिनुपर्ने फैसला सुनाएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण फैलिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि गरेको आह्वान र प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्त संविधान विपरीत भएको भन्दै परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।
आइतबार नेप्से परिसूचक २.५४ प्रतिशतले बढेर २४८५.९४ को विन्दुमा कायम भएको छ।